सिरहामा एक भारतीय युवक मृत भेटिए « Khabarhub

सिरहामा एक भारतीय युवक मृत भेटिए


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजारमा एक भारतीय युवकको शव भेटिएको छ । गोलबजार नगरपालिका -१ वहिरीवाँध नजिकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत बिहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षीय बवुल कुमार खानको शव भेटिएको हो। 

उनी सोही ठाउका ३५ वर्षीय विजय यादवसँगै धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। उनीहरु मदिरा पिएर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ। 

झगडाकै क्रममा खानलाई गम्भिर चोट लागेको थिए। चोट लागेर बेहोस खानलाई उपचारको लागि लगेको स्थानीयको भनाई छ। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पताल पठाएको जानकारी दिए। 

उनले घटनाको अनुसन्धान भइरहेकोले  तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : ३९ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती