सिरहामा एक भारतीय युवक मृत भेटिए « Khabarhub

सिरहामा एक भारतीय युवक मृत भेटिए


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजारमा एक भारतीय युवकको शव भेटिएको छ । गोलबजार नगरपालिका -१ वहिरीवाँध नजिकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत बिहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षीय बवुल कुमार खानको शव भेटिएको हो। 

उनी सोही ठाउका ३५ वर्षीय विजय यादवसँगै धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। उनीहरु मदिरा पिएर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ। 

झगडाकै क्रममा खानलाई गम्भिर चोट लागेको थिए। चोट लागेर बेहोस खानलाई उपचारको लागि लगेको स्थानीयको भनाई छ। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पताल पठाएको जानकारी दिए। 

उनले घटनाको अनुसन्धान भइरहेकोले  तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै