८ वर्षपछि फिल्ममा फर्किए राजेश हमाल  « Khabarhub

८ वर्षपछि फिल्ममा फर्किए राजेश हमाल 


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लामो समय फिल्मबाट विश्राम लिएका नायक राजेश हमाल पुनः ठूलो पर्दामा फर्किने भएका छन् । उनको कमब्याक रहने फिल्मको नाम भने घोषणा भएको छैन । 

हमालले दिवाकर भट्टराईको निर्देशन रहने एक ‘अनटाइटल’ फिल्मका लागि आइतबार सम्झौता गरेका हुन् । सम्झौतापछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’

हमाल पछिल्लो फिल्म ‘सकुन्ता’मा देखिएका थिए । सो फिल्म प्रदर्शनमा आएको करिब ८ वर्ष भएको छ । उनी म्युजिक भिडियोमा र व्यवसायिक विज्ञापनमा अभिनय गर्दै आएका छन् । 

विभिन्न सार्वजनिक कार्यक्रममा उनले उपयुक्त स्क्रिप्ट खोजीमा फिल्मबाट विश्राम लिएको बताउँदै आएका थिए । 

निर्माण पक्षकाअनुसार केही दिनमा फिल्मको नाम र अन्य कलाकार सार्वजनिक हुनेछ । भदौ महिनाबाट छायांकनमा निस्कने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्म एक्सन प्रधान रहेको निर्देशक भट्टराईको भनाइ छ । 

निर्देशक भट्टराईका अनुसार कथा मन परेका कारण हमाल फिल्म खेल्न राजी भएका हुन् । यो फिल्मबाट राजेश हमालको उत्कृष्ट कमब्याक हुने उनको दाबी छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३३ बजे

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताका प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई

अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका

शेखरको दाबी : कांग्रेस फुटाउन राजधानीकेन्द्रित षड्यन्त्र भयो, अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय भए

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले