बंगलादेशका नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन « Khabarhub

बंगलादेशका नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।

मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे सोमबार जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न निर्देशन दिइन् ।

बंगलादेशमा नेपाली विद्यार्थी लगायत सबै नेपाली नागरिक सुरक्षित रहेका नेपाली राजदूत घनश्याम भण्डारीजीले जानकारी गराएका छन् ।

मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसके पनि त्यहाँ बाँकीको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर समन्वय गर्न दूतावासलाई निर्देशन दिइन्।

ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएकाले त्यहाँका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम् सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

उक्त सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४०० विद्यार्थी छन् । उनीहरू बसै सुरक्षित रहेका जानकारी आएको छ।

सूचनामा नेपाल फर्कन चाहनेले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्रै यात्रा गर्न दूतावासले भनेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : १९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल