माओवादी नेताको आरोप- सरकार देशलाई प्रतिगमनतिर लैजाँदैछ « Khabarhub

माओवादी नेताको आरोप- सरकार देशलाई प्रतिगमनतिर लैजाँदैछ


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सरकारको पछिल्लो गतिविधि प्रतिगमनउन्मुख देखिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै बस्नेतले विद्युत् प्राधिकरण र संविधान संशोधनका विषयमा वर्तमान सरकार सुशासनतर्फ नभइ प्रतिगमनउन्मुख देखिएको आरोप लगाए ।

वर्तमान सरकारले सस्तो लोकप्रियताकाका लागि काम गर्न खोजेको उनले जिकिर गरे ।

यसअघि लेखा समितिले गरेको निर्णय र अदालतको आदेशविपरीत हाल लेखा समितिमा भइरहेका बहस असान्दर्भिक रहेको जिकिर गरे ।

सार्वजनिक संस्थानमाथि भएको सरकारको हस्तक्षेपले तिनीहरू थप धराशयी हुने उनले बताए ।

विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तीप्रति आपत्ति जनाउँदै बस्नेतले आफ्नो फरक मत राख्दा कारवाही गर्नुले लोकतन्त्रमाथिको उपहास भएको धारणा राखे ।

त्यस्तै बस्नेतले स्थायित्व र विकासका नाममा संविधान संशोधन गरेर निर्वाचन प्रणाली र संघीयतामाथि कैंची लगाउने कोशीसमा कांग्रेस–एमाले रहेको आंशका गरे ।

उनले संशोधनका नाममा हुने प्रतिगमन कुनै अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे । संघीय लोकतान्त्रीक गणतन्त्रको आत्मालाई मास्ने गरि संशोधनका नाममा देशलाई घात गर्न नपाइने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : २५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ