विद्युत् प्राधिकरणको सदस्यमा कांग्रेसको कोटाबाट रास्वपालाई उपहार ! « Khabarhub

विद्युत् प्राधिकरणको सदस्यमा कांग्रेसको कोटाबाट रास्वपालाई उपहार !


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य पद ‘उपहार’ दिएको छ ।

प्रतिपक्षी रास्वपाले ‘निजामती सेवा विधेयक र सुधार’ बारे अध्ययन गर्न गठन गरेका कार्यदलका सदस्यलाई कांग्रेस–एमाले गठबन्धन सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दोलखा तामाकोशी गाउँपालिका–२ का देवेन्द्र कार्की र ओखलढुंगा रूम्जाटार गाउँपालिका-७ का महेन्द्रबहादुर गुरूङलाई नियुक्त गरेको थियो ।

उनीहरूलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्तामध्येबाट गुरूङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

ऊर्जामन्त्री दीपक खड्काको साउन १८ गतेको निर्णयअनुसार चार वर्षका लागि सञ्चालक समिति सदस्य चयन भएका कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव र गुरूङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन् ।

कार्की रास्वपानिकट रहेको उक्त पार्टीका उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले २०८० असोज २० मा आफ्नो फेसबुकमा लेखेको स्टाटस र तस्बिरले देखाउँछ ।

उनले लेखेका छन्, ‘हिजो निजामती सेवा विधेयक र सुधारबारे अध्ययन गर्न ‘बालुवाटार काण्ड’ उत्खनन गर्ने शालीन पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा र ऊर्जा मार्गचित्र तयार गर्न अनुभवी इन्जिनियर श्री न्यौपाने लगायत पूर्वसचिव देवेन्द्र कार्की र डा. सरोज अधिकारीको कार्यदल बनाइएको छ । फलदायी सहकार्यका लागि शुभकामना !’

सांसद वाग्लेले त्यही स्टाटसमा रास्वपालाई राजकाजको गाम्भीर्य बुझेको पार्टीको संज्ञा दिँदै गाउँ-गाउँ पुगेर जनआवाज सुन्ने र दस्तावेज निर्माणका लागि घनिभूत नीतिगत विमर्श सुरु गरेको पनि उल्लेख गरेका छन् ।

‘नीति मन्थन र कार्यदल । राजकाजको गाम्भीर्य बुझेको राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ–गाउँ पुगेर जनआवाज सुन्ने र दस्तावेज निर्माणका लागि घनिभूत नीतिगत विमर्श सुरु गरेको छ । असोज २९–३० गते विज्ञहरूसँग दुई दिने ‘नीति मन्थन’ हुँदैछ,’ सांसद वाग्लेले लेखेका छन् ।

रास्वापका एकजना नेताले कार्की पार्टीको शुभचिन्तक रहेको बताएका छन् । ‘उहाँ हाम्रो पार्टीका कुनै विभागीय जिम्मेवारीमा हुनु हुन्न तर शुभचिन्तक चाहिँ हो’, ती नेताले भने, ‘पार्टीमा आउने कुरा पनि थियो तर अहिले उहाँले सदस्यता लिइसक्नु भएको छैन ।’

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : २४ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत