विद्युत् प्राधिकरणको सदस्यमा कांग्रेसको कोटाबाट रास्वपालाई उपहार ! « Khabarhub

विद्युत् प्राधिकरणको सदस्यमा कांग्रेसको कोटाबाट रास्वपालाई उपहार !


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य पद ‘उपहार’ दिएको छ ।

प्रतिपक्षी रास्वपाले ‘निजामती सेवा विधेयक र सुधार’ बारे अध्ययन गर्न गठन गरेका कार्यदलका सदस्यलाई कांग्रेस–एमाले गठबन्धन सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दोलखा तामाकोशी गाउँपालिका–२ का देवेन्द्र कार्की र ओखलढुंगा रूम्जाटार गाउँपालिका-७ का महेन्द्रबहादुर गुरूङलाई नियुक्त गरेको थियो ।

उनीहरूलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्तामध्येबाट गुरूङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

ऊर्जामन्त्री दीपक खड्काको साउन १८ गतेको निर्णयअनुसार चार वर्षका लागि सञ्चालक समिति सदस्य चयन भएका कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव र गुरूङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन् ।

कार्की रास्वपानिकट रहेको उक्त पार्टीका उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले २०८० असोज २० मा आफ्नो फेसबुकमा लेखेको स्टाटस र तस्बिरले देखाउँछ ।

उनले लेखेका छन्, ‘हिजो निजामती सेवा विधेयक र सुधारबारे अध्ययन गर्न ‘बालुवाटार काण्ड’ उत्खनन गर्ने शालीन पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा र ऊर्जा मार्गचित्र तयार गर्न अनुभवी इन्जिनियर श्री न्यौपाने लगायत पूर्वसचिव देवेन्द्र कार्की र डा. सरोज अधिकारीको कार्यदल बनाइएको छ । फलदायी सहकार्यका लागि शुभकामना !’

सांसद वाग्लेले त्यही स्टाटसमा रास्वपालाई राजकाजको गाम्भीर्य बुझेको पार्टीको संज्ञा दिँदै गाउँ-गाउँ पुगेर जनआवाज सुन्ने र दस्तावेज निर्माणका लागि घनिभूत नीतिगत विमर्श सुरु गरेको पनि उल्लेख गरेका छन् ।

‘नीति मन्थन र कार्यदल । राजकाजको गाम्भीर्य बुझेको राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ–गाउँ पुगेर जनआवाज सुन्ने र दस्तावेज निर्माणका लागि घनिभूत नीतिगत विमर्श सुरु गरेको छ । असोज २९–३० गते विज्ञहरूसँग दुई दिने ‘नीति मन्थन’ हुँदैछ,’ सांसद वाग्लेले लेखेका छन् ।

रास्वापका एकजना नेताले कार्की पार्टीको शुभचिन्तक रहेको बताएका छन् । ‘उहाँ हाम्रो पार्टीका कुनै विभागीय जिम्मेवारीमा हुनु हुन्न तर शुभचिन्तक चाहिँ हो’, ती नेताले भने, ‘पार्टीमा आउने कुरा पनि थियो तर अहिले उहाँले सदस्यता लिइसक्नु भएको छैन ।’

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : २४ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती