कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग « Khabarhub

कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

किमाथांका– नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई  कारबाहीको माग गरिएको छ । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति सङ्खुवासभाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो ।  

यही साउन १४ गते विद्युत् महसुल नतिरेपछि लाइन काटेको र लाइन जोड्न धम्की दिँदै  मादी नगरपालिका–४ ओखरबोटका लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूले शाखा कार्यालय मादीका इन्चार्ज राजकुमार र ओजेटिमा खटिएका विद्यार्थीमाथि कुटपिट भएको थियो । 

कार्यालय परिसरमा प्रवेश गरेर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको संगठन निजामतीका जिल्ला अध्यक्ष भोलामान राईले जानकारी दिए। कार्यालय परिसरभित्रै पसेर राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरिनु दुःखद भएको र यस्ता हर्कतले कर्मचारीको मनोबल कमजोर भई सेवा प्रवाहमा गम्भीर असर पर्ने उनले बताए ।  

मादीका लक्ष्मण लिङ्थेपको क्रसर उद्योगले ६ लाखभन्दा बढी बक्यौता नतिरेपछि लाइन काटिएको थियो । कुटपिटको आरोपमा लिङ्थेप र लिम्बूविरुद्ध गत साउन १५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उनीहरु फरार छन् । 

कर्मचारीमाथि कुटपिट भएपछि मादीमा रहेको प्राधिकरणको कार्यालय साउन १५ गतेदेखि बन्द रहेको छ । कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : २८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल