कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग « Khabarhub

कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

किमाथांका नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई  कारबाहीको माग गरिएको छ । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति सङ्खुवासभाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो ।  

यही साउन १४ गते विद्युत् महसुल नतिरेपछि लाइन काटेको र लाइन जोड्न धम्की दिँदै  मादी नगरपालिका–४ ओखरबोटका लक्ष्मण लिङ्थेपहर्कहाङ लिम्बूले शाखा कार्यालय मादीका इन्चार्ज राजकुमार र ओजेटिमा खटिएका विद्यार्थीमाथि कुटपिट भएको थियो । 

कार्यालय परिसरमा प्रवेश गरेर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको संगठन निजामतीका जिल्ला अध्यक्ष भोलामान राईले जानकारी दिए। कार्यालय परिसरभित्रै पसेर राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरिनु दुःखद भएको र यस्ता हर्कतले कर्मचारीको मनोबल कमजोर भई सेवा प्रवाहमा गम्भीर असर पर्ने उनले बताए ।  

मादीका लक्ष्मण लिङ्थेपको क्रसर उद्योगले ६ लाखभन्दा बढी बक्यौता नतिरेपछि लाइन काटिएको थियो । कुटपिटको आरोपमा लिङ्थेपलिम्बूविरुद्ध गत साउन १५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उनीहरु फरार छन् । 

कर्मचारीमाथि कुटपिट भएपछि मादीमा रहेको प्राधिकरणको कार्यालय साउन १५ गतेदेखि बन्द रहेको छ । कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : २८ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले