आजको मौसम पूर्वानुमान : तीन प्रदेशका केही स्थानमा भारी वर्षा « Khabarhub

आजको मौसम पूर्वानुमान : तीन प्रदेशका केही स्थानमा भारी वर्षा


२० भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

भारी वर्षा हुने क्षेत्रका नदीमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ६ : ०६ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड