समाचार

रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सुरु

By खबरहब

September 05, 2024

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक आज सर्लाहीको लालबन्दीमा सुरु भएको छ। बैठकमा पार्टीका शीर्ष नेतृत्वसहित विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

बैठकमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य डा. नन्दन यादव सहभागी भएका छन्। साथै, प्रदेश समिति, विभागीय समिति तथा जिल्ला समितिका पदाधिकारीहरू पनि उपस्थित रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तका अनुसार बैठकमा पार्टीको संगठन विस्तार, आगामी रणनीति, तथा मधेस प्रदेशमा पार्टीको भूमिका र भविष्यबारे छलफल भइरहेको छ।

बैठकले मधेस प्रदेशमा रास्वपाको प्रभावकारिता बढाउन महत्वपूर्ण निर्णयहरू गरिने बताइएको छ ।