१२ अंकले घट्यो नेप्से, कारोबार पनि ९ अर्बमा ओर्लियो | Khabarhub Khabarhub

१२ अंकले घट्यो नेप्से, कारोबार पनि ९ अर्बमा ओर्लियो


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज(नेप्से)  १२.१० अंकले घट्दा कारोबार पनि ओरालो लागेको छ । 

बिहीबार ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । उक्त कारोबार बुधबारको तुलनामा ३ अर्बले कम हो । 

आज नेप्से ०.४४ प्रतिशतले घटेर २७२७.३६ विन्दुमा आएको छ । आज २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर कारोबार भएको छ । 

नेप्से घटेसँगै १३ वटा समूहमध्ये २ समूह बाहेक सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी लगानी समूह १.३६ प्रतिशतले घटेर १०९.९१ विन्दुमा पुगेको छ ।

त्यस्तै आज लघुवित्त समूह १.६८ प्रतिशतले बढेर ५२१२.४० विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.१६ प्रतिशतले बढेर ३७५९.४३ विन्दुमा पुगेको छ । 

साथै, वाणिज्य बैंक ०.६९ प्रतिशतले, विकास बैंक ०.१३ प्रतिशतले, फाइनान्स ०.५३ प्रतिशतले, होटल समूह ०.११ प्रतिशतले, हाइड्रो १.०१ प्रतिशतले, जीवन बीमा ०.७४ प्रतिशतले, उत्पादन ०.३३ प्रतिशतले, म्युचुअल फण्ड ०.५६ प्रतिशतले, निर्जीवन बीमा ०.५२ प्रतिशतले र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ ।

प्री-ओपन सेसनमा करिब १ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै तल झरेको थियो । 

बजार फेरि माथि जान खोजे पनि गति लिन सकेन । १२ बजेर ३३ मिनेटमा बजार सबैभन्दा तल झरेको थियो ।

त्यसपछि बजार फेरि माथि गएको थियो । तर लगत्तै तल झर्‍यो। २ : १४ पछि बजारले उकालो यात्रा तय गरेको थियो । तर २:३८ पछि भने बजारमा बिक्रीकर्ताले बजार एकैचोटी घटाएका थिए । 

आज बजार न्यूनतम् २६८६ विन्दुमा र उच्चतम् २७५८ विन्दुमा पुगेको थियो । बजार बन्द हुँदा भने २७२७ विन्दुमा रोकिएको थियो ।

आज बजार घट्दा १०२ कम्पनीको शेयर मूल्य बढ्यो भने १३८ वटा कम्पनीको शेयर मूल्य घट्यो । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । थप ६ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढ्यो ।

आज ३१६ वटा कम्पनीको कारोबार हुँदा १ लाख १२ हजार ६९२ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ३ : २३ बजे

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

काठमाडौं– निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका

एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट

काठमाडौं – गत वर्षको नेपाली प्रिमियर लिगमा आकर्षणको केन्द्रीय पात्र

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर