प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान सकिँदैन : प्रदीप ज्ञवाली  « Khabarhub

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान सकिँदैन : प्रदीप ज्ञवाली 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान नसकिने स्पष्ट पारेका छन्। 

बिहीबार संविधान निगरानी समूहद्वारा आयोजीत सरकारको अभ्यास र शासकीय प्रभाव विषयक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । 

उनले भने, ‘नेपाल अहिले नै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री प्रणालीमा जान सक्दैन । हाम्रो जस्तो मुलुकमा यो अभ्यास अहिले हुन सक्दैन ।’  

उनले दुई ठूला दल कांग्रेस एमाले मिलेर बनेको वर्तमान सरकार संविधान संशोधनमा केही काम गर्नेहरू काम गर्ने बताउँदै संविधान संशोधन हुनु अगाडि गम्भीर छलफल र बहस हुने बताए ।  

उनले भने, ‘हामीले बनाएको संविधान त्यसै संशोधन हुँदैन यस विषयमा गम्भीर छलफल हुन्छ। संविधान कार्यान्वयन भएको १० वर्षमा भएका उपलब्धिहरूको समीक्षा गरेर कमीकमजोरीहरू सुधार गर्ने बाटोतिर लगिन्छ।’ 

उनले देशमा स्थायित्व र कार्यकालको पूर्ण पालना गर्ने गरी ७ बुँदे सहमतिअनुसार नै कांग्रेस एमाले गठबन्धन अगाडि बढ्ने समेत दाबी गरे ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ३ : ४० बजे

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर