राष्ट्रब्यापी वक्तृत्व कला प्रतियोगिता गर्दै अखिल, विजेतालाई ५० हजार « Khabarhub

राष्ट्रब्यापी वक्तृत्व कला प्रतियोगिता गर्दै अखिल, विजेतालाई ५० हजार


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट अनेरास्ववियुले रास्ट्रब्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

उक्त संगठनले काठमाडौमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो । ‘मभित्रको मदन भण्डारी’ भन्ने थिममा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगिताबारे अनेरास्ववियु उपत्यका विशेष प्रदेशका अध्यक्ष विशाल न्यौपानेले जानकारी दिँदै स्कुल, कलेज र विश्वविद्यालयमा अध्ययन गर्ने २८ वर्षमुनिका विद्यार्थी–युवाले सहभागी हुन पाउने बताए ।

उनका अनुसार प्रतियोगी समसामयिक विषय पहिचान गर्नु पर्ने छ। उक्त बिषय सामाजिक, राजनीतिक, आर्थिक, कानुन, वातावरण, अन्तर्राष्ट्रिय सम्बन्ध आदि सार्वजनिक विषय हुनुपर्ने छ ।

आफूले छनौट गरेको विषयमा आफ्नो दृष्टिकोण र समस्या भए नेताका रुपमा समाधानको पहल कसरी हुन सक्छ, त्यो कुरालाई प्रस्तुततिको विषय बनाउनु पर्ने उनले बताए आयोजकले प्रथम चरणको प्रतिस्पर्धामार्फत १० उत्कृष्ट वक्ताहरु छनौट गरेर अन्तिम चरणको भौतिक उपस्थितिमा काठमाडौँमा प्रतिस्पर्धा गराइने भएको छ ।

अन्तिम चरणबाट एकजना सर्वोत्कृष्ट वक्ता र एकजना उत्कृष्ट वक्ता घोषणा गरिने भएको छ । अन्तिम चरणको लागि निश्चित विषयहरु प्रतियोगीलाई प्रदान गरिने भएको छ । भौतिक प्रतिस्पर्धासम्बन्धी नियमहरु प्रतियोगिताभन्दा ३ दिन अगाडि प्रदान गरिने भएको छ ।

आयोजकले सर्वोत्कृष्ट वक्तालाई ५० हजार पुरस्कारसहित ‘मदन भण्डारी सर्वोत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार’ र उत्कृष्ट वक्तालाई २५ हजार पुरस्कारसहित ‘मदन भण्डारी उत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार’ दिइने अनेरास्ववियु सचिव सञ्जीव धितालले बताए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ५ : १५ बजे

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को