सरकारको निर्णय : पलेशालाई ६५ लाख, प्रशिक्षकलाई ५ लाख ८५ हजार पुरस्कार | Khabarhub Khabarhub

सरकारको निर्णय : पलेशालाई ६५ लाख, प्रशिक्षकलाई ५ लाख ८५ हजार पुरस्कार


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सको पेरिसमा भएको पारालिम्पिक प्रतियोगितामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पसेसलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार पलेशालाई सम्मानस्वरुप ६५ लाख रुपैयाँ नगद पुरस्कार दिँदा प्रशिक्षक र टीम व्यवस्थापकलाई पनि सम्मान गर्ने निर्णय भएको छ ।

पलेशाका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको उनले बताए ।

बुधबार मात्रै प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पलेशालाई दिइने पुरस्कारमा कर नलगाउने बताएका थिए ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएकी छन् ।

उक्त अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए। यसअघि काठमाडौं महानगरपालिकाले पलेशलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइसकेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : ४९ बजे

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय

पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको

एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं-भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने