प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत « Khabarhub

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सचिव, प्रधानमन्त्रीका निजी चिकित्सकलगायत रहेको बताइएको छ ।

आजको बैठकले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै आजको बैठकले पारालिम्पिक्समा काश्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम दिने निर्णय गरेको छ भने प्रशिक्षकलाई ५ लाख ८५ हजार र व्यवस्थापकलाई २ लाख ९२ हजार पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : २२ बजे

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण