डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो | Khabarhub Khabarhub

डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जलेश्वर बाढीले डुबानमा पारेको महोत्तरीको जलेश्वर नगपालिका–२ मा अवस्थित राजदेवी मन्दिरको पानी आज निकालिएको छ ।

विरल वर्षापछि एक साताअघि आएको बाढीको पानीले राजदेवीको गर्भगृहमा चार फिट पानी जमेको तथा सोही कारण बडा दसैंको घटस्थापनाको दिन माताको प्रतिमाको अगाडि जमरा पनि राख्न नसकिएपछि आज एका बिहानैदेखि सम्बन्धित सरोकारवाला मिलेर मन्दिरबाट पानी निकालेका हुन् । 

राजदेवी मन्दिरका पूजारी रामपृत गिरीका अनुसार बाढीको पानीले मन्दिरको गर्भगृह डुबाउनका साथै प्रतिमा पनि डुबानमा पारेको थियो भने मन्दिर बाहिरका भूभाग पनि जलमग्न बनाएको कारण बडा दसैंको सम्पूर्ण पूजाआजा प्रभावित भएको थियो । पूजारी गिरीले मन्दिर र गुफा दुवै डुबानमा रहेकै कारण मन्दिरको पछाडिपट्टी रहेको खाली भूभागमा पूजा अर्चना गरी राजदेवीको नाउँमा जमरा राखिएको बताए।

जलेश्वर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पूजा समिति, स्थानीय नागरिक समाजलगायत निकायका व्यक्तिले मिलेर आज मन्दिरबाट बाढीको पानी निकालेर सरसफाइ गरी पूजाआजालाई निरन्तरता दिइएको छ ।

नगरप्रमुख सुरेश साह सोनारको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सफाइकर्मी र स्थानीय बासिन्दाको सहयोगमा दमकलसहितका उपकरण लगाएर मन्दिरको पानी निकालिएको छ । सो मन्दिर जलेश्वरको सबैभन्दा होचो ठाउँमा रहेका कारण आज बाढी गइसकेको चार-पाँच दिन भइसक्दा पनि बाहिरी पानीको सतह कम नभएकाले मन्दिरको पानी पनि निस्कन नसकेको र सोही कारण बडादसैँको पूजाआजा पनि प्रभावित भएको थियो । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १२ : ३४ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा