निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी « Khabarhub

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

नेपाल रत्न तथा आभूषण सङ्घको आज आयोजित १९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उनले मुलुकको समृद्धि र दिगो आर्थिक विकासका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको बताए । निजी क्षेत्रलाई बलियो बनाउन वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री भण्डारीको भनाइ थियो ।

निजी क्षेत्र पनि सरकारकै अङ्ग भएको उल्लेख गर्दै उहाँले निजी क्षेत्र मौन बस्न नहुनेमा जोड दिए । वर्तमान सरकार भिन्न परिस्थितिमा बनेकाले सरकार मेरो पनि हो भन्ने भावना निजी क्षेत्रले जागृत गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री भण्डारीले बहुमूल्य धातुको व्यावसायिक शुद्धता जरुरी रहेको बताए । बहुमूल्य धातुको व्यवसायमा व्यावसायिक सुरक्षा र नेपाली कामदार उत्पादन गरेर रोजगारी सुनिश्चितता गर्नुपर्नेमा उनको जोड थियो । रत्न तथा आभूषणका क्षेत्रमा कार्यरत कामदार तथा कारिगर विदेशबाट झिकाउनु दुःखद भएको भन्दै मन्त्री भण्डारीले नेपाली कामदार तथा कालिगड उत्पादन गर्न सङ्घको ध्यानाकर्षण गराए ।

रत्न तथा आभूषण व्यवसायीले लामो समयदेखि राखेका मागप्रति सरकार अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै उनले सङ्घले राखेका मागका सन्दर्भमा मन्त्रिपरिषद्मा विभिन्न चरणमा छलफल भएको र छिट्टै माग सम्बोधन हुने जानकारी गराए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ४७ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन