निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी | Khabarhub Khabarhub

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

नेपाल रत्न तथा आभूषण सङ्घको आज आयोजित १९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उनले मुलुकको समृद्धि र दिगो आर्थिक विकासका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको बताए । निजी क्षेत्रलाई बलियो बनाउन वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री भण्डारीको भनाइ थियो ।

निजी क्षेत्र पनि सरकारकै अङ्ग भएको उल्लेख गर्दै उहाँले निजी क्षेत्र मौन बस्न नहुनेमा जोड दिए । वर्तमान सरकार भिन्न परिस्थितिमा बनेकाले सरकार मेरो पनि हो भन्ने भावना निजी क्षेत्रले जागृत गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री भण्डारीले बहुमूल्य धातुको व्यावसायिक शुद्धता जरुरी रहेको बताए । बहुमूल्य धातुको व्यवसायमा व्यावसायिक सुरक्षा र नेपाली कामदार उत्पादन गरेर रोजगारी सुनिश्चितता गर्नुपर्नेमा उनको जोड थियो । रत्न तथा आभूषणका क्षेत्रमा कार्यरत कामदार तथा कारिगर विदेशबाट झिकाउनु दुःखद भएको भन्दै मन्त्री भण्डारीले नेपाली कामदार तथा कालिगड उत्पादन गर्न सङ्घको ध्यानाकर्षण गराए ।

रत्न तथा आभूषण व्यवसायीले लामो समयदेखि राखेका मागप्रति सरकार अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै उनले सङ्घले राखेका मागका सन्दर्भमा मन्त्रिपरिषद्मा विभिन्न चरणमा छलफल भएको र छिट्टै माग सम्बोधन हुने जानकारी गराए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ४७ बजे

आजदेखि मनकामना केबलकार सञ्चालन

मुग्लिन– मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ

नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन कन्द्र (तस्बिरहरू)

काठमाडौँ- ललितपुरको गोदावरीस्थित देशकै सबैभन्दा ठूलो सनराइज सम्मेलन केन्द्र भदौ

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा