अन्तिम दिनको अमेरिकी चुनावको सर्वेक्षण : मिचिगन र पेनेसेल्भिनिया निर्णायक « Khabarhub

अन्तिम दिनको अमेरिकी चुनावको सर्वेक्षण : मिचिगन र पेनेसेल्भिनिया निर्णायक


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – आज हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा दुई उम्मेदवारको सफलताका बारे अहिले सर्वत्र चर्चा छ। यस बिचमा केही महत्त्वपूर्ण सर्वेक्षण सार्वजनिक भएको छ।

यो सर्वेक्षणलाई आधार मान्दा दुवै उम्मेदवारको सम्भावना बराबर छ। अन्तिम दिन सोमबार पनि दुवै उम्मेदवार डेमोक्र्याटका कमला ह्यारिस तथा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प स्विङ राज्यमा व्यस्त रहे।

सबै भन्दा धेरै रहेको पेनेसेल्भिनियामा दुवैको मत बराबर जस्तै देखिएको छ। न्यूयोर्क टाइम्सको सियना पोलका अनुसार पेनेसेल्भिनियामा दुवै उम्मेदवारको ४८ प्रतिशत मत देखिएको छ। पेनेसेल्भिनियामा १९ इलेक्ट्रोल मत छ। फाइभ थर्टी एट नेसनल पोल ट्रायाकरका अनुसार देशभरमा ह्यारिसको १ प्रतिशतको अग्रता छ।

सो ट्रायकरका अनुसार १ नोभेम्बरका दिन ह्यारिस ४८ तथा ट्रम्प ४६.८ प्रतिशतको अवसरमा थिए। दुई नोभेम्बरका दिन ट्रम्प ४६.९ तथा ह्यारिस ४७.९ प्रतिशतको अवस्थामा रहे। त्यसपछि सोमबारसम्म सोही अवस्था कायम छ। अनिर्णीत रहेका ५.२ प्रतिशतको यसै अवस्था सोमबारसम्म कायम नै छ। सोही मत नै निर्णायक हुने सम्भावना प्रबल छ।

ह्यारिस चुनावी अभियानकै आङ्कलन भने पेनेसेल्भिनियामा जित हात पार्ने नै छ। अन्तिम दिनको कार्यक्रमपछि ह्यारिस वृत्तमा एकाएक उत्साह थपिएको जनाइएको छ। फाइभ थर्टी एटकै सर्वेक्षण अनुसार मिचिगनमा ह्यारिस ०.८ तथा विन्सकन्सिनमा ०.६ प्रतिशत अघि रहेकी छिन्। एरिजोनामा भने ट्रम्प बलियो छन्। त्यहाँ उनको २.५ प्रतिशत अग्रता देखिएको छ। नर्थ क्यारोलिना र जर्जियामा पनि ट्रम्प १.५ प्रतिशतले अघि छन्। नेभाडामा ०.९ प्रतिशत अघि रहेका ट्रम्प ०.३ प्रतिशत अघि छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनमा कुल मतदानको नभई इलेक्ट्रोल मतको आधारमा निर्णय हुनेछ। अन्तिम दिन ट्रम्प ०.३ प्रतिशतले अघि रहेको पेनेसेल्भिनियामा ह्यारिसले ५ कार्यक्रमको आयोजना गरिन्।

तीव्र प्रतिस्पर्धा रहेकै कारण अन्तिम दिन पेनेसेल्भिनिया र मिचिगनमा दुवै उम्मेदवार धेरै व्यस्त रहे। परम्परागत रूपमा नै डेमोक्र्याटलाई साथ दिएका अरब अमेरिकन अहिले रिपब्लिक तर्फ ढल्किएका छन्। अरब अमेरिकनको ४५ प्रतिशतको साथ ट्रम्प तथा ४३ प्रतिशतको साथ ह्यारिसलाई छ।

अरब अमेरिकनको बाहुल्य रहेको मिचिगनमा उनले भनिन्, ‘प्यालेस्टाइनले बन्दी बनाएकालाई छुटाउनु पनि छ। त्यहाँ निहत्था व्यक्ति मारिनेक्रम पनि रोकिनु आवश्यक छ। यस कारण युद्ध विरामको अन्त्य आवश्यक छ। यस कारण मेरो राष्ट्रपति कार्यकालको प्राथमिकता नै त्यहीँ हुनेछ,’ ह्यारिसले भनिन्।

यसअघि भएका दुवै निर्वाचनमा मिचिगन, विन्सकन्सिन र पेनेसेल्भिनियामा जित हात पार्ने उम्मेदवार नै ह्वाइ हाउस प्रवेश गरेका हुन्।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ४० बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन