जब फुटबल चलिरहेका बेला मैदानमा फ्याँकियो सुँगुरको टाउको | Khabarhub Khabarhub

जब फुटबल चलिरहेका बेला मैदानमा फ्याँकियो सुँगुरको टाउको


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबलका दौरान अनेक रोचक घटना हुने गरेका छन् ।

मंगलबार ब्राजिलमा सम्पन्न एक क्लबस्तरीय भिडन्तमा एउटा रोचक घटना हुन पुगेको छ।

ब्राजिल सिरि ए अन्तर्गत दुई चिरप्रतिद्वन्द्वीबीच स्थानीय समयअनुसार सोमबार राति भएको भिडन्तका क्रममा मैदानमा काटिएको सुँगुरको सेतो टाउको फ्याँकिएको हो ।

दुई प्रतिद्वन्द्वी क्लबहरू कोरिन्थियान्स र पाल्मेइरासबीचको बहुचर्चित भिडन्तका क्रममा सुँगुरको टाउको एकजना समर्थकले मैदानमै फ्याँकेका हुन् ।

कोरिन्थियान्सका फ्यान सुँगुरको टाउको फ्याँकेको यस प्रकरणमा पुलिसले छानबिन पनि थालिसकेको छ । पुलिसले कोरिन्थियान्स र पाल्मेइरासबीचको खेलमा सुँगुरको टाउको फ्याँकिएको घटनालाई एक गम्भीर र भयानक भनेको छ ।

पाल्मेइरासका राफेल भेइगाले कर्णर बल प्रहार गर्न लागेका बेलामा सुँगुरको टाउको मैदानमा फ्याँकिएको थियो। त्यो सुँगुरको टाउकोलाई तत्कालै कोरिन्थियान्सका युरी अल्बर्टोले लात्ती हानेर मैदानबाहिर पठाइदिए ।

अल्बर्टोले खेलपछि ग्लोबो एस्पोर्टेलाई भने, ‘मेरो खुट्टो करिब करिब भाँच्चिएको थियो । मैले त्यो कुने सिरानेको खोल होला भनेर लात्ती हानेको थिएँ तर त्यो त सुँगुरको टाउको रहेछ । मैले त्यसलाई लात्ती हान्दा आफैंलाई चोट पुर्‍याएँ ।’

यस प्रकरणमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । तर उनीहरूबारे ठोस प्रमाण नभएपछि तत्कालै रिहा गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सुँगुरको टाउको कोरिन्थियान्सको स्टेडियम नियो क्युमिका एरिनाको मैदानसम्म कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

सुँगुरको टाउको मैदानमा फ्याँकिएपछि चर्चामा आएको यो प्रतिस्पर्धामा विजयी भने कोरिन्थियान्स भएको छ। सुँगुरको टाउको पनि कोरिन्थियान्सकै फ्यानले फ्याँकेका थिए । यस खेलमा कोरिन्थियान्स २-० गोलअन्तरले विजयी भयो ।

ब्राजिलियन सिरि एको तालिकामा कोरिन्थियान्स ३२ खेलबाट ३८ अंकसहित १३ ०औँ स्थानमा छ । उता पराजित पाल्मेइरास भने ३२ खेलबाट ६१ अंकसहित उपाधि होडको दोस्रो स्थानमा छ ।

कोरिन्थियान्ससँगको पराजयले उसलाई उपाधि होडमा धक्का लागेको छ। लिगको पहिलो स्थानमा ३१ खेलबाट ६४ अंकसहित बोटाफोगो रहेको छ ।

दुई दशकअघि स्पेनमा पनि यस्तै घटना भएको छ । २२ वर्षअघि स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाको भिडन्तका क्रममा पनि सुँगुरको टाउको मैदानमा फ्याँकिएको थियो ।

त्यसबेला पोर्चुगिज विङ्गर लुइस फिगोले बार्सिलोना छाडेर रियल मड्रिड गएपछि भएको भिडन्तका क्रममा पनि सुँगुरको टाउको फ्याँकिएको थियो । त्यस्तै प्रकृतिको घटना २२ वर्षपछि ब्राजिलमा दोहोरिएको हो।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : ०२ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य