लिभरपुल र न्यु क्याशलको रोमाञ्चक बराबरी « Khabarhub

लिभरपुल र न्यु क्याशलको रोमाञ्चक बराबरी


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको बुधवार राति भएको रोमाञ्चक खेलमा न्यु क्याशल युनाइटेडले शीर्ष स्थानको लिभरपुलाई ३-३ गोलको बराबरीमा रोकेको छ। न्युक्याशलको घरेलु मैदानमा भएको खेलमा फाबियन सारले लिभरपुलको विरुद्धमा अन्तिम समयमा बराबरी गोल गरेका हुन्।

दुई पटक पछि परेको लिभरपुल मोहम्मद सलाहको गोलमा ३-२ ले अग्रता लिन सफल भएपछि जित हात पार्ने सम्भावना समेत देखिएको थियो। अलेक्जेन्डर इसाकले ३७ औँ मिनेटमा लामो दुरीबाट सानदार गोल गर्दै न्यु क्याशललाई पहिलो अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवातमै कर्टिन्स जोन्सले लिभरपुलका लागि गोल गरेका थिए। ६२ औँ मिनेटमा एन्थोनी गोर्डनले न्यु क्याशललाई दोस्रो पटक अग्रता दिलाएका थिए । त्यसको ६ मिनेट पछि बराबरी गोल गरेका सलाहले नै ८३ औँ मिनेटमा अर्को गोल गर्दै अग्रता दिलाएका थिए। ९० औँ मिनेटमा सारको गोलसँगै खेलको रोमाञ्चक अन्त्य भएको हो।

जित पछि लिभरपुलले दोस्रो स्थानमा रहेको चेल्सीलाई ७ अकले पछि छाडेको छ। लिभरपुलको ३५ तथा आर्सनल र चेल्सीको २८ अङ्क छ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ८ : २४ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार