लिभरपुल र न्यु क्याशलको रोमाञ्चक बराबरी « Khabarhub

लिभरपुल र न्यु क्याशलको रोमाञ्चक बराबरी


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको बुधवार राति भएको रोमाञ्चक खेलमा न्यु क्याशल युनाइटेडले शीर्ष स्थानको लिभरपुलाई ३-३ गोलको बराबरीमा रोकेको छ। न्युक्याशलको घरेलु मैदानमा भएको खेलमा फाबियन सारले लिभरपुलको विरुद्धमा अन्तिम समयमा बराबरी गोल गरेका हुन्।

दुई पटक पछि परेको लिभरपुल मोहम्मद सलाहको गोलमा ३-२ ले अग्रता लिन सफल भएपछि जित हात पार्ने सम्भावना समेत देखिएको थियो। अलेक्जेन्डर इसाकले ३७ औँ मिनेटमा लामो दुरीबाट सानदार गोल गर्दै न्यु क्याशललाई पहिलो अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवातमै कर्टिन्स जोन्सले लिभरपुलका लागि गोल गरेका थिए। ६२ औँ मिनेटमा एन्थोनी गोर्डनले न्यु क्याशललाई दोस्रो पटक अग्रता दिलाएका थिए । त्यसको ६ मिनेट पछि बराबरी गोल गरेका सलाहले नै ८३ औँ मिनेटमा अर्को गोल गर्दै अग्रता दिलाएका थिए। ९० औँ मिनेटमा सारको गोलसँगै खेलको रोमाञ्चक अन्त्य भएको हो।

जित पछि लिभरपुलले दोस्रो स्थानमा रहेको चेल्सीलाई ७ अकले पछि छाडेको छ। लिभरपुलको ३५ तथा आर्सनल र चेल्सीको २८ अङ्क छ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ८ : २४ बजे

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको

खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२-८३ मा २०६