रविलाई रातारात चितवनबाट पोखरा लगियो « Khabarhub

रविलाई रातारात चितवनबाट पोखरा लगियो


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनमा बयान सकेर बुधबार रातारात पोखरा लगिएको छ ।

लामिछानेको चितवन जिल्ला सरकारी वकील कार्यालयमा दुई दिन (मंगलबार र बुधबार) बयान लिइएको थियो।

लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप रहेको छ ।

रविलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइरहँदा बाहिर समर्थकले प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेसँग चितवनलगायत कास्की, रुपन्देही र काठमाडौंमा बयान सकिइसकेको छ ।

प्रहरीले अब उनलाई पर्साको वीरगञ्ज लैजानेछ । जिल्ला अदालत पर्साले बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको छ । सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले लामिछानेलाई पोखराबाट वीरगञ्ज लैजाने छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १० : ३२ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना