रविलाई रातारात चितवनबाट पोखरा लगियो « Khabarhub

रविलाई रातारात चितवनबाट पोखरा लगियो


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनमा बयान सकेर बुधबार रातारात पोखरा लगिएको छ ।

लामिछानेको चितवन जिल्ला सरकारी वकील कार्यालयमा दुई दिन (मंगलबार र बुधबार) बयान लिइएको थियो।

लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप रहेको छ ।

रविलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइरहँदा बाहिर समर्थकले प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेसँग चितवनलगायत कास्की, रुपन्देही र काठमाडौंमा बयान सकिइसकेको छ ।

प्रहरीले अब उनलाई पर्साको वीरगञ्ज लैजानेछ । जिल्ला अदालत पर्साले बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको छ । सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले लामिछानेलाई पोखराबाट वीरगञ्ज लैजाने छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ३२ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका