चिनियाँ एक्सपेंग मोटर्स अब पोखरामा « Khabarhub

चिनियाँ एक्सपेंग मोटर्स अब पोखरामा


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखराका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ ।

कार्यक्रममा अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले एक्स्पेङ ब्रान्डको परिचय गराए । साथै, सीजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।

कार्यक्रम उद्घाटनका क्रममा, अटोवेजले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो । यसले विश्वकै उच्च सुरक्षा परीक्षण ई-एनसीएपीमा ५- स्टार रेटिङ प्राप्त गरेको छ।  स्वचालित ड्राइभिङ प्रविधि, एसइपीए २.० संरचना, नियमित ओटीए अपडेटहरू,एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर-फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ ।

जी६ को मोटर पावर १९० किलोबाट र टर्क ४४० एनएम छ, जसले ६६ किलोवाट ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ  ।  यसको अगाडिको र पछाडिको एक्सलमा ५०:५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी,र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल गरेको कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले हालसालै बागडोल, काठमाडौंमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : ४१ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र