ब्रान्डनको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य « Khabarhub

ब्रान्डनको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ब्रान्डन म्याकमुलेनको अर्धशतकमा काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो ।

यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रन जोडे ।

यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । उनी रसिद खानको बलमा आउट भएका हुन् ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रन जोडे । २५ बल खेलेका उनले ३ चौका र ३ छक्कासमेत प्रहार गरे ।

इङ्ल्यान्डका अलराउन्डर ब्याटरसमेत रहेका सुदूरपश्चिमका ओपनर सैफ जाइबको ब्याटिङ आजको खेलमा चल्न सकेन । उनी ९ बलमा ११ रन जोडेर पवेलियन फर्किए ।

अर्का ओपनर विनोद भण्डारीले भने २८ बलमा ३५ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन्  ।

काठमाडौंका लागि रसिद खानले सर्वाधिक दुई विकेट लिए । करण केसी, गेर्हार्ड इरास्मस र शाहब अमालले समान १९१ विकेट लिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : ४५ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको