काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी « Khabarhub

काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।

सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ ।

सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५.५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो ।

गेर्हार्ड काठमाडौंका लागि सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनले ३३ बलमा ३७ रन जोड्न ५ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसपछि सुमित महर्जनले १४ रन बनाए । उता भीम सार्की र गेर्हार्ड इरास्समसले १० /१० रनको योगदान दिए । काठमाडौंका अरु ब्याटर दोहोर स्कोर गर्नबाट चुके ।

काठमाडौंलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले केबल १९ रन दिएर ५ विकेट झारे । साउदको कसिलो बलिङसामु काठमाडौंका ब्याटर धरासायी हुँदा १०० रन पनि छुन नसकेको हो ।

नरेनले नामिबियाका अलराउन्डर काठमाडौंका गेर्हार्ड इरास्मस, इङ्ल्यान्डका मध्यक्रमका ब्याटरसमेत रहेका स्टिफन एस्किनाजी, रसिद खान, करण केसी र शाहब अलामको विकेट लिएका हुन् ।

काठमाडौंका दुवै ओपनर माइलक लिभर्ट र शंकार रानाले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ नरेनलेबाहेक अभिनाश बोहोराले २ विकेट लिए । ब्रान्डन म्याकमुल्लेन र सैफ जाइबले समान १–१ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ४ : ०५ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका