वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ? « Khabarhub

वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ ।

हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार जुत्ताचप्पल किन्न हुँदैन । शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन मुसुरोको दाल, आँपको अचार,  रातो खुर्सानी र  रक्सी खानु हुँदैन भनिएको छ ।

शास्त्रअनुसार यस्तो कुरा खाएमा शनिदेव रिसाउँछन् र शुभ फल प्राप्त हुँदैन भन्ने विश्वास गरिन्छ ।

फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मिक विश्वास छ । तर यस दिन फलामबाट बनेका सामानहरू दान गर्नु अत्यन्त शुभ मानिन्छ ।

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको