वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ? « Khabarhub

वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ ।

हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार जुत्ताचप्पल किन्न हुँदैन । शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन मुसुरोको दाल, आँपको अचार,  रातो खुर्सानी र  रक्सी खानु हुँदैन भनिएको छ ।

शास्त्रअनुसार यस्तो कुरा खाएमा शनिदेव रिसाउँछन् र शुभ फल प्राप्त हुँदैन भन्ने विश्वास गरिन्छ ।

फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मिक विश्वास छ । तर यस दिन फलामबाट बनेका सामानहरू दान गर्नु अत्यन्त शुभ मानिन्छ ।

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ३४ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित