रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । 

पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो  । 

रामग्राम नगरपालिका–६ पोखरापालीबाट वडा नं १५ घिनाहा चोकसम्म दुई लेनमा सडक विस्तारको काम सुरु भएको नगर प्रमुख धनपत यादवले बताएका छन्। उनका अनुसार बुद्धकालीन पुरातात्विक तथा ऐतिहासिक स्थल पण्डितपुरसम्म जोड्ने गरी रु ४१ करोड ८६ लाखको लागतमा सडक विस्तारको काम सुरु भएको छ ।

विश्व बैङ्कको ऋण सहयोग र सङ्घीय सरकारको अनुदानमा विस्तार हुन लागेको पाँच दशमलव ७८ किलोमिटरको उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको नगर प्रमुख यादवले जानकारी दिए । ठूलो लगानीमा सुरु भएको पण्डितपुरबाट परासीसम्म सडक विस्तारले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

यादवले सो क्षेत्रमा धेरै किसानको बसोबास रहेकाले सडक विस्तार भएसँगै कृषि उपजको बिक्री वितरणमा सहज हुने बताए । सडक क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको सडकको दुवै छेउमा नाला, फुटपाथसहित साढे १२ मिटर चौडाइको हुनेछ । हाल जीर्ण अवस्थामा रहेको उक्त सडक निर्माणपछि सदरमुकाम परासीसँग सुविधासम्पन्न सडकको सिधा सम्पर्क स्थापित हुनाका साथै पुरातात्विक स्थलको प्रवद्र्धनमा पनि सहयोगी हुने अपेक्षा गरिएको छ । 

पुरातात्विकस्थल पण्डितपुरको विकास र प्रवद्र्धनका लागि सडक उपयोगी हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुरसम्म पु¥याउन सकिने नगर प्रमुख यादवले बताए । पण्डितपुर बुद्धको मावलीका रुपमा परिचित छ ।

सो स्थानमा केही हप्ताअगाडि पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा बुद्धकालीन सहरको ठूलो संरचना जमिनमुनि फेला परेको थियो । पण्डितपुरसम्म पुग्न करिब तीन किमी विस्तार गर्नुपर्ने जनाउँदै नगर प्रमुख यादवले बाँकी सडक अर्को चरणमा निर्माण गरिने उल्लेख गरे । 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : १० बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर