नेपाल र भारतबीच भएको सम्झौता आर्थिक विकासका लागि महत्वपूर्ण : मन्त्री किराँती « Khabarhub

नेपाल र भारतबीच भएको सम्झौता आर्थिक विकासका लागि महत्वपूर्ण : मन्त्री किराँती


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा याक चौरी कृषक महासंघ, नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै मन्त्री किराँतीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी सम्झौताले मुलुकको आर्थिक सम्भावनाको ठूलो ढोका खुलेको बताएका हुन् ।

उनले राष्ट्रवादको नाम दिएर मुलुकको हितमा रहेका कुरालाई विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे । मन्त्री किराँतीले मुलुकमा जनताको जीवनस्तर उकास्न साना–साना व्यापार व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने भएकाले आफूले त्यसलाई महत्वका साथ स्थान दिएको बताएका छन् । 

उनले कृषिलाई पर्यटनसँग जोड्नका लागि आफूले अधिकतम प्रयास गर्ने पनि बताए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : २१ बजे

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना