नेपाल र भारतबीच भएको सम्झौता आर्थिक विकासका लागि महत्वपूर्ण : मन्त्री किराँती « Khabarhub

नेपाल र भारतबीच भएको सम्झौता आर्थिक विकासका लागि महत्वपूर्ण : मन्त्री किराँती


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा याक चौरी कृषक महासंघ, नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै मन्त्री किराँतीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी सम्झौताले मुलुकको आर्थिक सम्भावनाको ठूलो ढोका खुलेको बताएका हुन् ।

उनले राष्ट्रवादको नाम दिएर मुलुकको हितमा रहेका कुरालाई विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे । मन्त्री किराँतीले मुलुकमा जनताको जीवनस्तर उकास्न साना–साना व्यापार व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने भएकाले आफूले त्यसलाई महत्वका साथ स्थान दिएको बताएका छन् । 

उनले कृषिलाई पर्यटनसँग जोड्नका लागि आफूले अधिकतम प्रयास गर्ने पनि बताए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : २१ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने