कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे « Khabarhub

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन् । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले गाउँबाट सहरतर्फ बसाइँसराइको क्रम बढेकाले गाउँबाट हुने जनशक्ति पलायन रोक्ने नीति पहिलो प्राथमिकतामा रहने बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई पनि प्राथमिकताका साथ पञ्चवर्षीय योजनामा समेट्ने उल्लेख गरे । 

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले समग्र गण्डकी प्रदेशको हित हुनेगरि योजना बनाइने दाबी गरे  । त्यस अवसरमा तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले, निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा शंकर भण्डारी, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, सुरेश आलेमगर, तनहुँ क्षेत्र नं १ प्रदेशसभा ९१० का सदस्य अशोककुमार श्रेष्ठ, तनहुँ क्षेत्र नं १ प्रदेशसभा ९२० का सदस्य हरिबहादुर चुमान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पञ्चवर्षीय योजनामा समेट्नुपर्ने विविध विषयमा सुझाव दिएका थिए । 

आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशवासी भन्ने सोच र उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्यका साथ दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको र त्यसमा सुझाव लिन अन्तरक्रिया गरिएको आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । 

पञ्चवर्षीय योजनाको अवधारणापत्र तयार भएको र त्यसमा प्रदेशको अर्थतन्त्रको सुदृढीकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षा, समावेशीकरण, श्रम रोजगारी, उत्पादन तथा गरिबी न्यूनीकरणलगायत क्षेत्र समेटिएको उनले जानकारी दिए  । 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ४९ बजे

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको