नेता बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने « Khabarhub

नेता बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने  निर्णय गरेको हो ।

बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

यस्तै कांग्रेसले पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने तथा स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ ।

उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ ।

नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति असामयिक निधन भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ०५ बजे

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा

महिला सुरक्षाको लागि ‘निलो बस’ को व्यवस्था भनेको मूर्खता हो : एमाले नेता पाण्डे 

काठमाडौं–  नेकपा एमालेकी नेता डा. विन्दा पाण्डेले नयाँ सरकारले यात्रामा

राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन

काँक्रेविहार– सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका

एआईमा सामसुङको विशाल लगानी

सियोल– कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले