नेता बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने | Khabarhub Khabarhub

नेता बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने  निर्णय गरेको हो ।

बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

यस्तै कांग्रेसले पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने तथा स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ ।

उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ ।

नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति असामयिक निधन भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ०५ बजे

जन्ममिति र राशि थाहा नभएका भोला, जसले अभिनयमा भविष्य कोरे

काठमाडौं – कलाकार भोलाराज सापकोटा ठूलो पर्दामा रुचाइएका सहायक कलाकार

कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी सेयर बिक्री गर्दै

काठमाडौं– कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी ३३ हजार ८५२

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौं– दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर

सुवोध प्याकुरेलको प्रश्न– प्रधानमन्त्रीज्यू, अपूरो ज्ञानले राष्ट्रिय परिचयपत्र किन लागु गरेको ?

काठमाडौं– सरकारले हालै जारी गरेको अध्यादेशमार्फत् राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य

भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता

अछाम– डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको