बागलुङका आठ ठूला सडक स्तरोन्नति  « Khabarhub

बागलुङका आठ ठूला सडक स्तरोन्नति 


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । संघीय सरकारअन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् ।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतका दुई वटासहित अन्य ठूला छ सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए। 

उनका अनुसार ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुर र क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनी हुँदै प्यूठान जोड्ने सडक स्तरोन्नति गर्न लागिएको हो ।

जिल्लामा ठूला सडक मानिने बागलु–बेनी सडक, पाखुट्टे–झिम्पा–निसी सडक, सहिद मार्ग, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडक, बडिगाड–रणसिंहकिटेनी सडक, दमेक–दूर्लेबेसी सडक स्तरोन्नतिका लागि करिब रु सात करोड विनियोजन भएको इञ्जिनियर अधिकारीले जानकारी दिए । 

अधिकांश ठेक्का सम्झौता भएर काम सुरु हुन लागेको उनको भनाइ छ । सडक फराकिलो बनाउने, नाली निर्माण र कतै ढलान गरिने उनले बताए। 

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुरका लागि रु एक करोड, क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनीका लागि रु एक करोड, पाखुट्टे–झिम्पा–निसी सडकका लागि रु ५० लाख, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडकका लागि रु एक करोड, बडिगाड–रणसिंहकिटेनी सडकका लागि रु ५० लाख सहिदमार्ग स्तरोन्नति रु एक करोड, दमेक–दूर्लेबेसी सडकका लागि रु एक करोड, बागलुङ–बेनी सडक मर्मतका लागि रु एक करोड ३३ लाख विनियोजन भएर कार्यान्वयनमा गएको उनको भनाइ छ ।

पालिका केन्द्र गलकोटदेखि पाण्डवखानी रमुवा ३५ किलोमिटर टाढा छ । अहिलेसम्म सडक स्तरोन्नति नहुँदा प्रशासनिक कामका लागि पालिका केन्द्र आउन पाँच घन्टा र जिल्ला सदरमुकाम पुग्न आठ घन्टा लाग्ने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ११ बजे

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले भारतबाट आउने

होलीको आगमन : असन-इन्द्रचोकमा रंगिन चहलपहल (तस्बिरहरू)

काठमाडौं– रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौंको असन र इन्द्रचोक

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति