समितिको वार्षिक प्रतिवेदन पुनर्लेखन गरिने | Khabarhub Khabarhub

समितिको वार्षिक प्रतिवेदन पुनर्लेखन गरिने


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पुनर्लेखन गरी संसद्‌मा पेश गरिने जानकारी दिएका छन् ।  समितिको आज बसेको २०औँ बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलमा सहभागी विज्ञको रायसुझावका आधारमा पुनर्लेखन गरी पेश गरिने उनले बताए। 

‘प्रतिवेदन औपचारिकता लागिमात्र नभई सरकारलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार पारिएको हो’, सभापति साहले भने, ‘प्रतिवेदन पुनर्लेखन गर्दा विज्ञले उठाउनुभएका रायसुझाव पनि समेटिनेछ ।’

प्रतिवेदनमा गत वैशाख १५ देखि असार मसान्तसम्म ज्येष्ठ सदस्य सभापति रोशन कार्कीद्वारा सञ्चालित बैठकमा भएका छलफल र निर्णय पनि समेटिएको छ ।

समितिका सचिव इन्द्रविलास पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि समितिको आजको छलफल भएको थियो । उनले समितिलाई प्रभावकारी बनाउन विज्ञ, सम्बन्धित सरोकारवालासँगको छलफललाई थप जोड दिन आवश्यक रहेको बताए। 

समिति सदस्य रोशन कार्कीले समितिले आफ्नो क्षेत्राधिकारमा रही आमन्त्रित गरेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, दलितको आयोगलगायतका सैंधानिक आयोग र राष्ट्रिय बाल परिषद्, समाज कल्याण परिषद्, विज्ञसँगको उपस्थितिसहितको छलफलका क्रममा विश्लेषण गरिएका उक्त निकायका अवस्था, समस्या, सुधारका सुझाव पनि प्रतिवेदनमा समेटिने बताए । 

समिति सदस्य हर्कमाया विश्वकर्माले प्रतिवेदनमा समिति सदस्यको सहभागिता हुनुपर्ने आवश्यकता औँल्याउँदै बैठकमा छलफल भएका विषय समेट्दै प्रतिवेदनमा थप स्पष्टता दिनुपर्ने उल्लेख गरे ।  समिति सदस्य शोभा ज्ञवालीले समितिमा संवैधानिक आयोगमाथि गरिएका छलफलको गहिरो विश्लेषण गरी परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । 

गत आवमा समितिका आठ बैठकमार्फत २१ वटा निर्णय भएका छन् । प्रतिनिधिसभा नियमावलीमा, २०७९ को नियम १८९ को उपनियम (१) व्यवस्था बमोजिम समितिको प्रतिवेदन सभापति वा निजको अनुपस्थितिमा सभापतिले तोकेको सो समितिको अन्य कुनै सदस्यले बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ४९ बजे

दोधारा-चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदै छ : गृहमन्त्री लेखक

दोधारा चाँदनी- गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम

समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छ : सभामुख विष्ट

मोरङ– कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीले समाजमा पछाडि परेका

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

बमको घाउ बोकेर काठमाडौं आएका गौरीशंकरको गुहार- ‘आलमका मान्छेबाट बचाइदिनुस्’ 

काठमाडौं– १८ वर्ष अगाडी रौतहटको राजपुर फरहदवामा बम विस्फोटमा घाइते

कांग्रेस बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्ने बेला भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आइरहेका आदेश