बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : ओली « Khabarhub

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : ओली


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।

झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को आज एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताए ।

“ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजना स्थापना जरुरी हुन्छ”, उनले भने ।

मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसाङ्ख्यिक लाभ लिनका लागि उहाँले आफू प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुआत गरेको स्मरण गरे ।

अध्यक्ष ओलीले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताए । नेपालमा जलविद्युत् मात्र ऊर्जाको स्रोत भनेर बुझ्न नहुने भन्दै उनले सौर्य र हाइड्रोजन ऊर्जाको सम्भावना खोज्नुपर्ने बताए ।

कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन र बर्सेनि रु १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिए । परियोजनास्थललाई पुष्प बगैँचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको उनले बताए ।

झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना हो । पूर्वसभामुख स्व सुभाषचन्द्र नेम्वाङले दुई वर्षअघि परियोजनाको शिलान्यास गर्नुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सवस्टेसनमा उक्त सौर्य ऊर्जा जोडिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ५१ बजे

भारी वर्षाले काठमाडौं जलमग्न (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

फुटको दिशामा कांग्रेस : साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला गर्ने इतरको निर्णय 

काठमाडौं– नेपाली कांग्रेसको इतर समूहले साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला आयोजना

माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल बिरामी भएका छन्

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको

एम्बाप्पेका कारण दबाबमा मेसी, फाइनलमा गर्लान् गोल ?

काठमाडौं – अर्जेन्टिनी प्लेमेकर एवम् कप्तान लियोलन मेसीका लागि जारी