‘माओवादी पार्टीमा टिके प्रथाको अन्त्य गर्नुपर्छ’ « Khabarhub

‘माओवादी पार्टीमा टिके प्रथाको अन्त्य गर्नुपर्छ’



केही महिनादेखिको खटपटको परिणाम एक सातामा देखिएका राजनीतिक घटनाक्रमले अर्कै मोड लिएको छ। पछिल्लो समयमा विकास भइराखेको राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्ने हो र लेनदेनको विषयमा कांग्रेस र माओवादीको कुरा नमिल्दा नेपालको राष्ट्रिय राजनीति अर्कै मोडमा पुगेको छ।

माओवादी केन्द्र खगराज भट्टका सन्दर्भमा अनुदार बन्दै जाँदा उनको राजनीतिक कदलाई सिध्याउने प्रयत्न पार्टीले केन्द्रबाट गरिराखेको छ। अध्यक्ष प्रचण्डले बुहारी बिना मगरलाई अगाडि सारेर  भट्टलाई पाखा लगाएको आरोप लागेको छ ।

यसले अब सुदूरपश्चिमको  माओवादी राजनीतिमा कस्तो प्रभाव पार्छ ? माओवादी नेताले राजनीति सिध्याउन खोजेपछि बिच्किएका नेता खगराज भट्टः के एमालेमा जान लागेका हुन् ? अबको राजनीति कसरी अगाडि बढ्छ ?

यी र यस्तै विषयमा केन्द्रित भएर नेकपा (माओवादी केन्द्र)का नेता खगराज भट्टसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

प्रचण्डले तपाईंको राजनीति सध्याउन खोजेका हुन् ?

एक राजनीतिककर्मीको संगठात्मक जीवन र राजनीतिक जीवनको मूल्यांकन नै सर्वाधिक हुन्छ। त्यसैले नीति, विधि, प्रणाली र विचार कसरी गइरहेको छन् भन्ने कुरा राजनीतिक जीवनसँग जोडिएको हुन्छ। त्यसैले अहिले जुन घटना स्थायी समितिको बैठकबाट भएको छ। त्यसबाट प्रचण्डले पार्टी सक्न खोजेकै अनुभूति हुन्छ।

पार्टी राजनीतिमा मूल्यांकन होला, के अपराध गर्नुभयो र संसदीय दलको नेताबाट हटाउनु पर्ने स्थिति आयो ?

स्थायी कमिटीले जारी गरेको पत्रमा यो बेठिक भएको छ भनेर लेखेको छ। स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशसभा दलको नेताका सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय बिना प्रदेशसभा दलले गरेको निर्णयमा गल्ती भएको ठहर गरेको हो। त्यो निर्णयमा सहभागीलाई कडा आलोचना गरी आगामी दिनमा त्यस्तो गल्ती नगर्न सचेत गराउने निर्णय भएको छ। प्रदेश कमिटीले पनि त्यो निर्णय तत्काल कार्यान्वयन नगर्नु भनेर निर्देशन दिएको थियो।

नीति, विधि, प्रणाली र विचार कसरी गइरहेको छन् भन्ने कुरा राजनीतिक जीवनसँग जोडिएको हुन्छ। अहिले जुन घटना स्थायी समितिको बैठकबाट भएको छ। त्यसबाट प्रचण्डले पार्टी सक्न खोजेकै अनुभूती हुन्छ।

पहिला लेखराजको छायामा परेर राजनीतिमा उठ्न दिएनन्, पछिल्लो समयमा प्रचण्डको पेलानमा हुनुहुन्छ। जनार्दन शर्मासँग निकट नेताको ट्याग लगाउने काम पनि भएको छ। पार्टीमा कहिलेसम्म लड्नुहुन्छ ?

यस्ता धेरै पेलानका शृङ्खला भोगेर आएको हुनाले आफ्नो इतिहास, पहिचान, योगदान र बलिदानसँग जोडिएको माओवादी आन्दोलनको विकल्प खोज्न सक्ने अवस्था छैन। यसको विकल्प हिजो पनि खोजिन र भोलि पनि खोज्न जान्न। त्यसैले म यही बसेर आफू माथि भएको अन्यायविरुद्ध लड्ने हो। कमजोरीलाई कार्यकर्ता र जनताको बलबाट सच्याउने बाटोमा लाग्ने हो।

के माओवादी आन्दोलनको पहिचान पार्टी भित्र अझै बाँकी छ ?

माओवादीमा धेरै स्खलन आएको छ। तर पनि यो पार्टीलाई आफ्नो मूल्य मान्यताबाट विधि प्रक्रियाबाट अगाडि बढाएर यसको औचित्य पुनः सिद्ध गर्नुपर्छ भन्ने विशाल पंत्ती पार्टीमा अहिले पनि छ। पार्टीको जीवन र भविष्यको बारेमा सकारात्मक रूपमा सोच्ने शक्ति रहेकाले अहिले नै माओवादी सकियो भनेर सोच्नु हुँदैन।

पार्टीमा योगदानको मूल्यांकन गर्दा त्यागका कुरा होलान्, तपाईंहरूले भनेको कुरा नेतृत्वले सुन्दैन भने कहिलेसम्म लड्ने ?

इतिहासका केही कालखण्ड पीडादायक हुन्छन्। मेरो लागि अहिलेको कालखण्ड त्यस्तै हो। तर यो कालखण्ड स्थायी रहँदैन। एउटा बिन्दुमा पुगेर यो कालखण्डले सिर्जना गरेको परिस्थिति आम जनता कार्यकर्ताको बलमा करेक्सन हुन्छ भन्ने विश्वास छ।

आफ्नो इतिहास, पहिचान, योगदान र बलिदानसँग जोडिएको माओवादी आन्दोलनको विकल्प खोज्न सक्ने अवस्था छैन। यसको विकल्प हिजो पनि खोजिन र भोलि पनि खोज्न जान्न।

सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारीमा हुँदा पार्टीलाई उकास्ने काममा नलागेको भएर तपाईंलाई त्यसको भागिदार बनाइएको हो कि ?

जे भएको छ यो सुदूरपश्चिमका इमानदार जनतालाई पचेको छैन। उहाँहरू सबैले यो निर्णयप्रति आपत्ति र असहमति दर्ज गराउनु भएको छ। त्यसैले म एक्लै भएको भए व्यक्तिगत विषय हुन्थ्यो यो आम नेता कार्यकर्ताको चिन्ताको विषय बन्न पुगेको छ। हिजो म आउँदा एक्लै लडेँ र केही स्थायी समितिका कमरेड मेरो पक्षमा उभिनुभयो। यो निर्णय भएपछि सुदूरपश्चिमका हजारौँ नेता कार्यकर्ता मेरो पक्षमा उभिनु भएको छ। त्यसैले ती कार्यकर्ताको भावना आन्दोलन यो निर्णय सच्याउनको निमित्त एउटा केन्द्रीकृत तागत बन्ने मैले देखेको छु। कार्यकर्ताको शक्तिले नै गल्ती सच्याउनुपर्ने ठाउँमा नेतृत्वलाई पुर्याउँछ भन्ने लाग्छ।

राजनीतिमा कुनै पात्र आउनु–जानु वा राखिनु भन्दा पनि प्रवृत्ति सुधारको कुरा महत्त्वपूर्ण होला नि ?

खगराजले पाउने, नपाउने, जाने नजाने भन्दा पनि यो निर्णय सच्याउने कुरा कुनै न कुनै बिन्दुमा जान्छ। यो घटना सच्चिनु भनेको आगामी दिनमा यस्ता घटना कार्यकर्ताले स्वीकार गर्दैनन् भन्ने पुष्टि हुनु हो । कार्यकर्ता बोलेपछि आगामी दिनमा त्यसरी जानु हुँदैन भन्ने कुरा स्थापित हुन्छ।

पार्टी भित्रको गुटगत राजनीतिको घानमा परेको जस्तो लाग्दैन ?

म माथि अन्याय भएको विषयमा जनार्दन शर्माले बोल्नुभएको छ। अरु विषयमा पनि बोल्नु भएको छ। तर उहाँले बोलेको सन्दर्भमा उहाँकै मान्छे भन्ने हुँदैन। मलाई अन्याय भएपछि उहाँले बोल्नुभयो, उहाँलाई धन्यवाद। तर हामी सधैँ प्रचण्डलाई नै नेता मानेर बसेको मान्छे हौँ। नत्र यो पार्टीमा नै रहने थिएन।

खगराजले पाउने, नपाउने, जाने नजाने भन्दा पनि यो निर्णय सच्याउने कुरा कुनै न कुनै बिन्दुमा जान्छ। यो घटना सच्चिनु भनेको आगामी दिनमा यस्ता घटना कार्यकर्ताले स्वीकार गर्दैनन् भन्ने पुष्टि हुनु हो ।

पार्टीभित्र नीति, विधि, प्रणालीका सन्दर्भमा आफ्नो मत राख्ने बितिकै त्यो मुख्य नेताको विरोधमा नै हो भन्ने बुझाइमा जानु हुँदैन। मुख्य नेतामा कमीकमजोरी हुँदैन, उसको आदेश भनेको भगवानको आदेश जस्तो हुन्छ भनेर बुझ्ने हो भने त्यो माक्वादी चेतना भएन। मुख्य नेतामाबाट पनि कमीकमजोरी हुन्छन्। मुख्य नेता विषयको गहिराइमा नपुग्दै निर्णय गर्दा समस्या हुन्छ। त्यस कारण हामी पार्टीका सदस्यले नेतृत्वले गरेका राम्रा कुरालाई स्थापित गरेर लैजाने र नराम्रा कमीकमजोरीका विषय सच्याउन प्रेरित गर्नु नै पार्टीको जीवन हो।

पार्टी सुद्धिकरणका कुरा पनि गर्ने र पार्टीमा भएका योगदान गरेका व्यक्तिलाई विकेन्द्रीकृत गरेर राजनीति गर्ने प्रवृत्तिले नेतृत्व कता गइराखेको छ ?

हाम्रो पार्टीमा गम्भीर समस्या भएकै कारणले आज ३२ सिटे बनेको छ। ठुलाठुला नेताले आफ्नै वडामा पनि हैसियत गुमाउने अवस्था बनेको छ। १० वर्ष युद्ध गरेका योद्धाको जीवन आज दर्दनाक बनेको छ। यी समस्यालाई समाधानको विषयमा लैजान अब कार्यकर्ताले चुनेको पार्टी नेता र जनताले चुनेको राजनेता भन्ने मोडेलमा हाम्रो पार्टी अब प्रवेश गर्ने सङ्कल्प विधान अधिवेशनबाट लिइएको छ। त्यसैले अधिवेशनको स्पिड लागु भयो भने नेताले माथिबाट संरक्षण गर्ने विधिको अन्त्य हुन्छ। जो लोकप्रिय छ, जो कार्यकर्ता र जनताको मनोभाव अनुसार चल्छ उ सफल हुँदै जान्छ। जो त्यो मार्गभन्दा फरक पाटोबाट अगाडि बढ्न खोज्छ उसको बाटो बन्द हुन्छ।

यसले हरेक तहबाट गरिखाने मान्छेको कमिटीमा नेतृत्व आउने बाटो खुल्छ। टीका लगाउने प्रथा रहँदासम्म कार्यकर्ता तल फर्किँदैनन् माथि फर्किन्छन्। कार्यकर्ताले चुन्ने विधि लागु भएपछि नेता तल फर्किन्छन् किनकि माथि नेताको वरिपरि घुमेर त मतदाताले भोट दिँदैनन्। तलको भोट पाउन त उनीहरुकै दुःख र सुखमा सँगसँगै लाग्नुपर्छ।

हाम्रो पार्टीमा गम्भीर समस्या भएकै कारणले आज ३२ सिटे बनेको छ। ठुलाठुला नेताले आफ्नै वडामा पनि हैसियत गुमाउने अवस्था बनेको छ। १० वर्ष युद्ध गरेका योद्धाको जीवन आज दर्दनाक बनेको छ।

तपाईंमाथि नेताहरूको प्रवृत्ति र चरित्रको व्याख्या गरेर पार्टीभित्र राजनीति कहिलेसम्म सिध्याएर बस्नु हुन्छ भन्ने प्रश्न छ नि ?

जनताको विवेकमा विश्वास भएको कारणले नै यो परिस्थितिमा पनि आत्मविश्वासका साथ यो पार्टीमा लड्ने, यही पार्टी भित्र विधि र मान्यता स्थापित गर्ने कुरामा बोलेको हुँ। यो पार्टी नीति, विधिमा चल्दैन यसको भविष्य समाप्त भयो भन्ने अवस्थामा पुगेको भए म अर्को पार्टीमा लाग्थेँ। तर मलाई यो पार्टी एक दिन सच्चिन्छ भन्ने भरोसा भएकै कारणले अहिले पनि यसमा टिकेको छु। किनकि आज जुन अन्याय मैले भोगेको छु। यो अन्याय इतिहासको पहिलो अन्याय होइन। यो भन्दा पहिला पनि धेरै शृङ्खला सहेर आएको हुँ। त्यसैले अन्यायसँगै प्रदेशको इन्चार्ज पनि बनेको हुँ।

तपाईंको प्रदेशमा नारायण दाहाल, बिना मगर सह इन्चार्ज बन्दा राजनीतिक जीवनमा यो भन्दा ठुलो राजनीतिक हत्याको शृङ्खला के देखिएला र पार्टीमा क्रान्तिका कुरा गर्ने ?

ठूलाठूला नेताका जीवनमा जस्तै मैले पनि राजनीतिमा धेरै अनुभूति भोगेको छु। हामी अहिले विधान अधिवेशनको स्पिड अनुसार पार्टी चलाउन पुगेका छैनौँ। विधान अधिवेशनले एउटा सन्देश दिए पनि त्यो सन्देशको भाव अनुसारको विधान बनिसकेको छैन। त्यसको स्पिड अनुसार पार्टीलाई सञ्चालन गर्ने प्रक्रिया पनि सुरु भएको छैन। त्यसैले अब हामी विधान अधिवेशनमा अगाडि बढ्दै गएपछि जब तलबाट टोल भेला हुँदै वडा सम्मेलनको क्रममा कार्यकर्ताका भोटको वा निर्विरोधको माध्यमबाट जब नेता कार्यकर्ताको टिम चयन गर्ने छन् त्यति बेला माथिबाट नेताले यसलाई बनाऊ र यसलाई नबनाऊ भन्ने परिस्थिति रहने छैन।

बिना र नारायणको पनि योगदान यो पार्टीमा छ। तर  अब कार्यकर्ताले अनुमोदन गर्ने हिसाबबाट चुनियो भने कसैलाई कसैको भाइ, बुहारी र दाइ भएको आरोप लाग्दैन। तर टिके प्रथामा पार्टी रहिरहने हो भने यो प्रश्न उठिरहन्छ।

कोही माओवादीमा तर मार्न नपाएपछि अर्कोतिर फर्केका छन्। कोही कांग्रेसमा तर मार्न नपाएपछि यता तिर फर्केका छन्। कोही विप्लवको पछि गएर फर्केका छन्। त्यसैले म यो पार्टीको परिधि भित्र रहँदासम्म आफ्नो अवधारणा अनुसारको संघर्षमा लागि परे। परिधि उलंघन कहिल्यै गरिन।

तपाईँको पार्टी पंत्तिले त्यो तहको जिम्मेवारी लिएर गएका नेताको उपस्थितिलाई स्वीकार गर्छ कि गर्दैन ?

त्यो कुराको भर कार्यकर्ताको विवेकमा छ। उहाँहरूले जे गर्नुहुन्छ राम्रो गर्नुहुन्छ। मलाई विश्वास छ। ममाथि भएको अन्यायको विरुद्धमा बोल्नुहुन्छ।

विधान अधिवेशनबाट एउटा मार्ग चित्र बनिसकेको छ। ढिलो चाँडो पार्टी सुध्रिन्छ भनेर पार्टी भित्रै लडेर बस्ने हो ?

खगराजको माओवादीसँगको सम्बन्ध भनेको परालको त्यान्द्रोको सम्बन्ध होइन। यो एउटा युगान्त सम्बन्ध हो। मेरो पहिचान र इतिहास माओवादी आन्दोलनले नै बनाएको हो। सुदूरपश्चिममा जनयुद्धको तेस्रो पिल्लर बनाउन हामी सफल भएको कुरामा मेरो पनि महत्त्वपूर्ण योगदान छ। यो कुरा पार्टीले बिर्सिनु हुँदैन।

कोही माओवादीमा तर मार्न नपाएपछि अर्कोतिर फर्केका छन्। कोही कांग्रेसमा तर मार्न नपाएपछि यता तिर फर्केका छन्। कोही विप्लवको पछि गएर फर्केका छन्। त्यसैले म यो पार्टीको परिधि भित्र रहँदासम्म आफ्नो अवधारणा अनुसारको संघर्षमा लागि परे। परिधि उलंघन कहिल्यै गरिन।

जब हामी वाम लोकतान्त्रिक गठबन्धनमा गयौँ। इमानदारितापूर्वक कांग्रेसको चुनाव चिह्न रुखमा मत हाल्यौँ। तर कांग्रेसले त्यो इमान्दारिता प्रदर्शन गरेन। कांग्रेसले सहमति लत्याएपछि नयाँ गठबन्धन बन्ने परिस्थिति बनेको हो।

नैतिकता र राजनीतिक निष्ठामा कहिलेसम्म अडिएर बस्ने ? भोलि यही पार्टी लिएर एमालेमा विलय गराउने घटनाक्रम बढेर गएको छ ?

पार्टीले कस्तो दिशा तयार गर्ने र कस्तो बाटोतिर लम्किने भन्ने कुरा बहस छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। अहिले कांग्रेससँग भएको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्षको पद वा प्रधानमन्त्रीको पदमा निर्णायक भएको होइन। किनकि पहिलो कुरा त हामी संविधानको रक्षा, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन समृद्धि र सुशासनका निमित्त भनेर वाम लोकतान्त्रिक गठबन्धन गठन गरेर हामी अगाडि बढ्यौँ।

जब हामी वाम लोकतान्त्रिक गठबन्धनमा गयौँ। इमानदारितापूर्वक कांग्रेसको चुनाव चिह्न रुखमा मत हाल्यौँ। तर कांग्रेसले त्यो इमान्दारिता प्रदर्शन गरेन। सहमति अनुसार नै राष्ट्रिय सभाको निर्वाचन भयो। त्यो निर्वाचनमा कांग्रेसले सहमति लत्याएपछि नयाँ गठबन्धन बन्ने परिस्थिति बनेको हो। कोशीबाट कांग्रेसको उम्मेदवार जित्ने माओवादीको उम्मेदवार हार्ने अवस्था आयो। जोसँग गठबन्धन गरिएको छ उसैका विरुद्ध दस्तावेज लेख्ने, गठबन्धविरुद्ध महामन्त्रीले प्रस्ताव ल्याउने काम गर्न थालेपछि कांग्रेससँग अविश्वास पैदा भएको हो।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ०० बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत