नयाँ मन्त्रीले लिए सपथ, अन्तिम समयमा समाजवादी पनि समेटिँदा भयो ढिला « Khabarhub

नयाँ मन्त्रीले लिए सपथ, अन्तिम समयमा समाजवादी पनि समेटिँदा भयो ढिला


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज मन्त्रिपरिषदमा थपिएका १६ जना मन्त्रीहरुले सथप ग्रहण गरेका छन् । आजै ५ बजे सपथ ग्रहण तय भएपनि नेकपा एकीकृत समाजवादीले ढिला गरी सरकारमा सहभागी हुने निर्णय गरेपछि सपथ ग्रहण समारोह पनि अबेर भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष १६ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति पौडेलले तीन जना उपप्रधानमन्त्रीलाई बेग्लै र बाँकी १३ जना मन्त्रीहरुलाई बेग्लै सपथ गराएका छन् ।

सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो ।

नयाँ मन्त्रिपरिषदमा नेकपा एमालेले राजेन्द्रकुमार राईलाई खानेपानीमन्त्री, पदम गिरीलाई कानुनमन्त्री, भगवती चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिएको छ ।

त्यसैगरी, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेले दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र हरि उप्रेतीलाई रक्षा मन्त्रालयको जिम्मा दिएको छ भने ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छिन् । एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बनाएको छ । यसअघि एमालेबाट मन्त्री भएका पदम गिरीलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यता नेकपा माओवादी केन्द्रले भने नारायणकाजी श्रेष्ठलाई पराराष्ट्रमन्त्री बनाएको छ भने वर्षमान पुनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएको छ । रेखा शर्मा सञ्चार र शक्ति बस्नेत ऊर्जामन्त्री भएका छन् । माओवादीले यसअघि सपथ ग्रहण गरिसकेका हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाएको छ ।

ढिलो गरी सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादीले भने भानुभक्त जोशीलाई संघीय मामिला र धनबहादुर बुढालाई शहरी विकासमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसअघि चारदलीय गठबन्धनको सहमतिपत्रमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी जसपा नेपालले भने आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे कुनै निर्णय लिएको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ०५ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको