सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता « Khabarhub

सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् ।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ । 

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ ।

अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जितबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् ।

इलाम- २ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न समय दिएको छ । आयोगले आजै बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको सूची प्रकाशन गर्ने जानकारी दिएको छ ।

मनोनयन दर्ता गर्न जाँदै सुहाङ

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : ३८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका