लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व | Khabarhub Khabarhub

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् । 

नेपाल, चीन, पाकिस्तान र श्रीलंकाका धावकहरु सहभागी म्याराथनमा पुरुषतर्फको म्याराथनको उपाधि बाग्लुङका तीर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलव एक सय ९५ किलोमिटरको दूरी दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गर्दै स्वर्ण पदकसँगै नगद पाँच लाख प्राप्त गरे । 

सोही दूरी दुई घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान हासिल गरे। उनले नगद तीन लाख पुरस्कार प्राप्त गरे। कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान प्राप्त गरे। उनले दुई लाख प्राप्त गरे । 

प्रतियोगितामा अनिस थापा चौथो एक लाख हजार, किरण बोगटी पाँचौँ ८० हजार, सुशीलकुमार शाही छैटौँ  ६० हजार, होमलाल श्रेष्ठ सातौँ  ४० हजार, जुनेश खड्का आठौँ  २० हजार, राजन चौधरी नवौँ  १० हजार र प्रकाश गैरेले दशौँ स्थान  पाँच हजार हासिल गरे। 

अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । श्रेष्ठले निर्धारित उक्त दूरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । त्यस्तै, नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान र एपिएफकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट १४ सेकेन्ड लिँदै तेस्रो स्थान हासिल गरिन्। 

विजेता श्रेष्ठले रु दुई लाख, न्यौपानेले रु एक लाख ६० हजार तथा भण्डारीले रु एक लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे। पाँच किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुन्ना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल भए। छात्रतर्फ उमेश बरई प्रथम, सन्देश पाण्डे द्वितीय र आशिषकुमार क्षेत्रीले तृतीय स्थान हासिल गरे। 

खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेशसिंह राउत तृतीय भए। पाँच किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भएका थिए । पाँच किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशस् जनही रु १५, रु १० र रु पाँच हजार पुरस्कार प्राप्त गरे।

नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुँदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए। लुम्बिनीमा आयोजना भएको अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्व रहेको जनाउँदै खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रवर्द्धन हुने उनको भनाइ छ ।

“यस पटकदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाल ओलम्पिक कमिटीसँगै, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पनि हातेमालो गरेको हुँदा म्याराथनको गरीमासँगै प्रचार पनि भएको छ”, श्रेष्ठले भने। 

लुम्बिनी स्क्वायरबाट सुरु भई भैरहवासम्म आएर पुनः लुम्बिनी स्क्वायरमा आएर दौड टुङ्गिएको थियो । लुम्बिनीबाट भैरहवा एसओएससम्म र त्यहाँबाट पुनः लुम्बिनी पुगेर टुङ्गिने गरी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको रुट तय भएको थियो । ४२ दशमलव एक सय ९५ मिटर दूरीको म्याराथनको दूरी प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एम्स (एसोसिएसन अफ इन्टरनेसनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज) का प्रतिनिधि आएर मापन गरेको थियो ।

आइएएफ (इन्टरनेसनल एथलेटिक्स फोरम)एम्सले संयुक्त रुपमा प्रमाणपत्र दिएपछि अन्तर्राष्ट्रिय म्याराथनको क्यालेन्डरमा सूचीकृत भएको छ । लुम्बिनी म्याराथन प्रमाणीकरण भएसँगै नेपालमा अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको चारवटा म्याराथन भएका छन् । यसअघि काठमाडौँ म्याराथन, पोखरा म्याराथन र नेपालगञ्ज म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता पाइसकेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : १४ बजे

‘आउँदो ३० वर्षमा भारतले नवीकरणीय ऊर्जामा ठूलो फड्को मार्छ’

काठमाडौँ– भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले आगामी ३० वर्षमा

 पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : शेखर कोइराला

 धनगढी – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै

 भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई

सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने

काठमाडौँ– मोटर कम्पनी मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन