भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्य : पूर्वउपराष्ट्रपति झा « Khabarhub

भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्य : पूर्वउपराष्ट्रपति झा


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वउपराष्ट्रपति परमानन्द झाले भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

शनिबार नयाँ वर्ष २०८१ को शुभकामना तथा विश्व स्वास्थ्य दिवसको अवसरमा राष्ट्रिय विकास नागरिक समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले विगतमा आफू सहभागी भएका केही कार्यक्रममा समाजमा दुर्नाम कमाएका र भ्रष्ट व्यक्तिलाई पनि सम्मान गर्नुपरेको भन्दै भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । 

उनले समाज र देशका लागि महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्नेमा जोड दिए । पूर्वउपराष्ट्रपति झाले सम्मान पाउने व्यक्तिलाई समाजमा अझै जिम्मेवारी थपिने भएकाले अझै राम्रो काम गर्ने अठोट गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय विकास नागरिक समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १७ जना व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन