भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्य : पूर्वउपराष्ट्रपति झा | Khabarhub Khabarhub

भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्य : पूर्वउपराष्ट्रपति झा


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वउपराष्ट्रपति परमानन्द झाले भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

शनिबार नयाँ वर्ष २०८१ को शुभकामना तथा विश्व स्वास्थ्य दिवसको अवसरमा राष्ट्रिय विकास नागरिक समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले विगतमा आफू सहभागी भएका केही कार्यक्रममा समाजमा दुर्नाम कमाएका र भ्रष्ट व्यक्तिलाई पनि सम्मान गर्नुपरेको भन्दै भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । 

उनले समाज र देशका लागि महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्नेमा जोड दिए । पूर्वउपराष्ट्रपति झाले सम्मान पाउने व्यक्तिलाई समाजमा अझै जिम्मेवारी थपिने भएकाले अझै राम्रो काम गर्ने अठोट गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय विकास नागरिक समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १७ जना व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : १५ बजे

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना

पाँच दिनदेखि शवको पखाईमा परिवार

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी