सुडानको भोकमरीविरुद्ध विश्व खाद्यकार्यक्रमको चेतावनी « Khabarhub

सुडानको भोकमरीविरुद्ध विश्व खाद्यकार्यक्रमको चेतावनी


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुडान– संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सुडानका जनताले सबै सम्भावित मानवीय कोरिडोरमार्फत सहायताको निरन्तर प्रवाह प्राप्त नगरेमा भोकमरीको संकट अझ बढ्न सक्ने चेतावनी दिएको छ ।  

डब्लुएफपीका सुडानस्थित प्रतिनिधि एडी रोवले भने’यस्तो कमजोर अवस्थामा सुडानभरी भोकमरी कुपोषणको अकल्पनीय अवस्थाको सामना गर्नुपर्ने देखिएको छ ।’

चाडबाट मानवीय कोरिडोरको अस्थायी रोक, चलिरहेको लडाइँ, मानवीय कार्गोका लागि लामो निकासी प्रक्रियालगायतका अवरोध र सुरक्षा खतराहरूले मानवतावादीलाई सुडानमा आधारभूत खाद्यान्नको आवश्यकता पूरा गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न असम्भव बनाएको उनले उल्लेख गरे । 

रोवले खाना ढुवानीको लागि सबै कोरिडोरहरू खुला रहनु पर्ने बताउँदै चाडको आड्रेदेखि पश्चिम डार्फर राज्यसम्म चरम भोकमरीको अवस्था रहेको बताए।

विश्व खाद्य कार्यक्रम र यसका साझेदारहरूलाई तत्काल सुरक्षा ग्यारेन्टी गरी  डार्फर राज्यमा खाद्य आपूर्ति गर्नमा सहजता ल्याई  अति समस्यामा परेका व्यक्तिलाई खाद्यान्न वितरण गर्न सकिने उनले बताए। 

विश्व खाद्य कार्यक्रमले डार्फरमा अति आवश्यक खाद्यान्न र पोषण आपूर्ति कार्यक्रम पुर्‍याएको छ । 

उत्तर, पश्चिम र मध्य डार्फरमा तीव्र भोकमरीको सामना गरिरहेका करिब दुई लाख ५० हजार मानिसहरूका लागि खाना र पोषण सहायता बोकेका दुईवटा मालबहाक गाडी मार्चको अन्त्यमा चाडबाट डार्फरतर्फ सीमा पार गरेका थिए ।

सुडानी बन्दरगाहका अधिकारीहरूले फेब्रुअरीमा चाडबाट मानवीय कोरिडोर अनुमति रद्द गरेपछि यी मार्गहरू पुनः खोली लामो वार्तापछि डार्फर पुग्ने विश्व खाद्य कार्यक्रम सहयोगको यो पहिलो सीमापार प्रयास हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानको आधा जनसङ्ख्या, लगभग दुई करोड ५० लाख मानिसहरूलाई मानवीय सहायता र सुरक्षा चाहिन्छ । लगभग एक करोड ८० लाख मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक बलहरूबीच हिंसात्मक टकरावको सामना सुडानले गरेको छ । यसको परिणामस्वरूप ६३ लाख आन्तरिकसहित लगभग ८१ लाख व्यक्तिहरू विस्थापित भएका छन् । 

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले मार्चमा दिएको प्रतिवेदनमा द्वन्द्वले लगभग १३ हजार नौ सयको ज्यान लिएको जनाएको छ ।   

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : १९ बजे

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा