करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि  | Khabarhub Khabarhub

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको तुलनामा यो वर्ष वृद्धि भएको छ ।

गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गरे । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् ।

ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मुल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन् । यसैबीच आन्तरिक राजश्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ ।

सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिए । समीक्षामा उनले राजश्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए । तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गरे ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ११ : ५६ बजे

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

काठमाडौं– नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी– लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१-८२ को बजेट बहुमतले पारित

सरकारको अनुमति लिएर खोलिएका उद्योग नवीकरण गर्नुपर्छ : महेश बर्तौला

काठमाडौं– नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारको अनुमतिबाट खोलिएका

संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिन, माग्यो नौ सहकारीको विवरण

काठमाडौं– सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कको विवरण मागेको

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

कलैया– जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९०