झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ? « Khabarhub

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले पार्टी अहिले पूरै महाधिवेशनतर्फ होमिएको बताएका छन् ।

अर्को सत्ता साझेदार जनता समाजवादी पार्टी नेपाल विभाजित भएको अवस्थामा त्यसको असर एकीकृत समाजवादीमा पनि देखिने चर्चाबीच खनालको यस्तो जवाफ आएको हो ।

पार्टी महाधिवेशनमा होमिएको अवस्थामा केही दिनयता सार्वजनिक भएका कुरालाई खनालले अफवाहको संज्ञा दिए ।

‘आज संसदीय दलको बैठक पनि बस्दैछ । यसले महाधिवेशन तयारी र सरकारको काम कारबाही विषयमा कुरा गर्दैछ’, खनालले सोमबार दिउँसो खबरहबसँग कुरा गर्दै भने, ‘हाम्रो पार्टी महाधिवेशनको तयारीमा छ । अहिले फुट्ने टुट्ने त्यस्तो केही हुँदैन र छैन पनि ।’

एकीकृत समाजवादीबारे आएका हल्लालाई उनले भूपी शेरचनको कवितासँग दाँज्दै खण्डन गरे ।

‘भूपी शेरचनको एउटा कविता छ नि! ‘यो हल्लै-हल्लाको देश हो’, त्यसैगरी हल्ला चलिरहन्छ, तर हाम्रो काम अघि बढिरहन्छ । यो हल्ला मात्र हो’, उनले अगाडि भने ।

महाधिवेशन नजिकिँदै गर्दा मत-मतान्तर देखिनु र छलफल हुनु स्वाभाविक रहेको उनले बताए । नेताहरूबीचको छलफल र मत-मतान्तरलाई ठूलो रूप बनाएर प्रतिक्रियावादीले पार्टी फुट्ने हल्ला फिँजाएको जिकिर पनि खनालले गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनबारे पनि खनालले खबरहबसँग छोटो प्रतिक्रिया दिएका छन् । उनले एकीकृत समाजवादी पार्टी जसपा जस्तो नभएको उल्लेख गरे ।

‘उहाँहरू (उपेन्द्र यादव) को जस्तो हाम्रो पार्टी होइन’, उनले अगाडि भने, ‘हामी त फुटेका वाम घटकलाई पनि एक गरेर जाने पक्षमा छौँ ।’

एकीकृत समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन तयारी गरेको थियो । तर आन्तरिक तयारी नपुगेकाले असार १६ देखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय समाजवादीले गरेको छ ।

उक्त महाधिवेशनमा अध्यक्ष पदका लागि सम्मानित नेता खनाल पनि उठ्ने तयारीमा छन् । त्यहीअनुसार समाजवादीले ७० वर्षे उमेर हदको प्रावधान पनि हटाइसकेको छ । अध्यक्षका लागि खनाल र नेपाल भिड्ने अवस्था आएपछि दोस्रो तहका अन्य नेतामा भने गहिरो अलमल देखिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : ५४ बजे

धुम्मियो आकाश, वायु प्रदूषण पनि उच्च (तस्बिरहरू)

काठमाडौं- पछिल्लो तीन दिनदेखि काठमाडौं उपत्यकाको आकाश धुम्मिएको छ ।

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं- देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ

निर्वाचन परिणामबारे प्रधानमन्त्रीको सन्देश : एक पटकको जनादेश सधैँलाई स्थायी हुँदैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नेपाली

भक्तपुर-२ मा समानुपातिक मतगणना सकियो, रास्वपाले ४३ हजार ल्याउँदा कांग्रेस-एमाले ८ हजारमा सीमित

भक्तपुर- यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर