निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा « Khabarhub

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई नयाँ दलको मान्यता दिएको छ ।

आयोगले ७ जना प्रतिनिधि सभाका सांसद र ३० जना केन्द्रीय सदस्यहरूले दिएको निवेदनका आधारमा जसपालाई ११० नम्बरमा सोमबार दर्ता गरेको हो ।

राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरू र जसपा नेपालबाट छुट्टिएका ३० जना केन्द्रीय सदस्यहरूले नयाँ दर्ताका लागि आइतबार निवेदन दिएका थिए ।

अशोक राईसहित प्रतिनिधिसभाका ७ जना सांसदहरूले पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल विभाजन गरेर नयाँ दल बनाइएको हो ।

नयाँ पार्टीको पक्षमा जसपा नेपालका १२ मध्ये राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् ।

आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने निर्णय आयोगले गरेको सूचना अधिकारी सुमन घिमिरेले बताए ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जानकारी दिएको छ ।

राईसहितको निवेदनअनुसार नयाँ दलको नाम जनता समाजादी पार्टी (जसपा) लाई मान्यता दिइएको आयोगका सूचना अधिकारी घिमिरेले बताएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : १० बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट