पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता) « Khabarhub

पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता)


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

अशोक राईले आइतबार जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ पार्टी बनाउँदा अध्यक्ष उपेन्द्र यादव अमेरिका थिए । यादव सोमबार मध्यराति १२ बजे काठमाडौंमा आइपुग्दैछन् ।

उता जसपा प्रवक्ता मनिष सुमन पनि पार्टीका संघीय परिषद् अध्यक्षले नयाँ यात्रा थाल्दा आश्चर्यचकित भएका छन् । उनी आइतबार जनकपुरमा थिए । पार्टी विभाजनको पूर्वजानकारी आफूले नपाएको प्रवक्ता सुमनले खबरहबलाई बताए । जसपा नेपालको विभाजनका सन्दर्भमा प्रवक्ता सुमनसँग खबरहबले छोटो कुराकानी गरेको छ ।

यहाँलाई जसपा नेपाल विभाजन हुँदै गरेको जनकारी थियो कि थिएन ?

गाइँगुइँ असन्तुष्टि सुनेको थिएँ । विभाजन नै भइजाला भन्ने थिएन । मत ‘सरप्राइज’ भएँ । केही गहिरो कुरा थिएन । म पनि जिल्लातिरै छु, काठमाडौं पुगेपछि अरु कुरा पत्ता गलाउँछु । अहिले जनकपुरमै छु, भरे काठमाडौं उत्रिन्छु ।

पार्टीबाट अलग हुँदैछौँ, कता हुनुहुन्छ भनेर अशोक राईको टिमले सोधखोज गरेनन् ?

त्यसो भएको भए त मिलाउन पहल गर्ने थियौँ । उहाँहरूले केही भन्नु भएन । पार्टी अध्यक्षसहित नेतृत्वलाई केही जानकारी नै थिएन । एक्कासि मिडियामा पार्टी फुटेको कुरा आयो ।

यहाँ उपेन्द्र यादवनिकट हुनुहुन्छ, अमेरिकामा भए पनि उहाँले केही भन्नु भएन ?

बाहिर जानुपर्ने भएकाले उहाँलाई पनि पूरै जानकारी नहुन सक्छ । केही असन्तुष्टि आएका थिए तर पार्टी फुट्नुको ठूलो कारण थिएन ।

पार्टी फुटेपछि अध्यक्षसँग यहाँको कुरा भयो होला नि, के भन्नुभयो ?

लामो कुरा भएन । ठिकै छ, मिल्छ भन्नु भएको छ । उहाँ अहिले कतार हुनुहुन्छ । बेलुकासम्म आइपुग्नु हुन्छ । सोमबार बेलुका म आइपुग्छु भन्नु भएको छ । उहाँकै पर्खाइमा छौँ ।

अशोक राईको असन्तुष्टि पुरानै हो कि नयाँ विवाद थियो ?

उहाँको असन्तुष्टि देखिएको थिएन । उहाँले बैठकमा पनि खुलेर बोलेको सुनेको थिइनँ । बरु राजेन्द्र श्रेष्ठचाहिँ असन्तुष्ट हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ ।

के कुरामा असन्तुष्टि थियो उहाँको ?

यही नै भन्ने थिएन । धेरै थियो म पनि बुझ्दै छु । केही मेसो आएको छैन, आश्चर्यचकित छु ।

यो पनि

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : ३६ बजे

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

काठमाडौं– सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ

स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

बागलुङ– आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३

सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक