एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै « Khabarhub

एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा आइतबार मात्रै शपथ लिने भएका छन् ।

लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेको अवस्थामा शनिबार हुने भनिएको शपथ आइतबारलाई सारिएको हो ।

मोदीले बुधबार मात्रै नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबार शपथ लिन लागेको भन्दै निम्ता दिएका थिए ।

तर शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित समय निस्किएपछि त्यही दिन शपथ लिने तयारी मोदीले गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक पटक फेरि एनडीएले गठबन्धन सरकार बनाउने तयारी गरिरहेको छ । सरकार निर्माणको रस्साकस्सी चलिरहेका बेला मोदीको शपथ एक दिनलाई पछि सारिएको हो ।

शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित भएको सुझाव आएपछि मोदीले यो निर्णय लिएका हुन्। तर मोदीको सचिवालयले अहिलेसम्म औपचारिक घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १ : ४१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका