सर्वसाधारणका लागि अझै खुलेन काष्ठमण्डप « Khabarhub

सर्वसाधारणका लागि अझै खुलेन काष्ठमण्डप


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– पुनर्निर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनर्निर्माण समितिले गत वर्ष असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनर्निर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ ।

प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्नेबारे यकिन हुने प्रमुख राईले बताइन् ।

निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानुनी पक्षबाट अध्ययन गर्ने काम भइरहेको छ ।

२०७५ साल वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएको थियो । काष्ठमण्डप पुनर्निर्माण गर्न २०७५ साल जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने निर्णय भएको थियो । यसका लागि २०७५ साल जेठ २९ गते कामपा र समितिबीच पुनर्निर्माणका लागि सम्झौता भएको थियो ।

सम्झौतापछि काम सुरु गर्न कामपाले  समितिलाई ५० लाख उपलब्ध गराएको थियो ।

त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते पाँच करोड, २०७६ माघ ९ गते पाँच करोड र २०७८ असार १६ गते एक करोड उपलब्ध गराएको प्रमुख राईले बताइन् ।

पुनर्निर्माणका लागि महानगरले उपलब्ध गराएको ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन तथा संरक्षण गर्न समितिले कामपालाई आग्रह गरेको छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरूपमा पुनर्निर्माण गरिएको हो ।  

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : २२ बजे

भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

श्रीहरिकोटा – भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक

उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न

काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको

झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति

भद्रपुर– झापामा गत आर्थिक वर्षमा  प्राकृतिक विपद्का घटनामा ११ जनाको

गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल)

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका