थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु | Khabarhub Khabarhub

थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– थाई सेनासँग भारतीय सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेको छ । थाई सेनासँग ‘मैत्री’ संयुक्त सैन्य अभ्यास गर्नका लागि भारतीय सेनाको टुकटी थाइल्याण्डतर्फ गएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

जुलाई १ देखि थाइल्याण्डको टाक प्रान्तस्थित वाचिराप्रकान क्षेत्रमा दुई मुलुकका सेनाले अभ्यास गरिरहेको जनाइएको छ । यो अभ्यास १५ जुलाईसम्म सञ्चालन हुनेछ ।

भारतीय रक्षा मन्त्रालयले जनाएअनुसार यस अभ्यासमा भारतीय सेनाका ७६ सैनिक सहभागी छन् । अभ्यासमा थाइल्याण्डका पनि ७६ सैनिक सहभागी रहेको जनाइएको छ ।

दुई मुलुकबीच रक्षा सम्बन्ध सुदृढ गर्न मैत्री सैन्य अभ्यासले मद्दत गर्ने अपेक्षा गरिएको छ । यस अभ्यासमा प्रतिविद्रोहप्रतिआतंकवादबारे सैनिकलाई प्रशिक्षण दिइने एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : ५२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका