इन्स्पेक्टर उमेश थापाको निधनप्रति ओलीद्वारा दु:ख व्यक्त « Khabarhub

इन्स्पेक्टर उमेश थापाको निधनप्रति ओलीद्वारा दु:ख व्यक्त


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुख व्यक्त गरेका छन्। 

ओलीले थापाको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनको निधनले आफू दुखी भएको बताएका हुन्।

आलीले लेखेका छन्, ‘धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो।  परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

थापा ओलीको बालकोटस्थित घरमा कार्यरत थिए।

४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : २३ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक